भर्जिनिया टेक (Virginia Tech) का प्राध्यापक Manoochehr Shirzaei ले गरेको (उनको ‘एक्स’/X बाट लिइएको) प्रारम्भिक विश्लेषण हो। उनले सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्मका सेन्टिनेल-१ भूउपग्रहका राडार अवलोकनबाट प्राप्त तस्बिरहरू केलाएका रहेछन्; जसले त्यहाँको जमिन प्रतिमहिना १० मिमीले तलतिर सरिरहेको देखाएको छ।
मैले खासमा यस्तै कुरा खोजिरहेको थिएँ— अगस्ट २६ को हिमपहिरो (जसले बाढी निम्त्यायो) खस्नुभन्दा अघि त्यो ठाउँमा के भएको थियो भन्ने। सैद्धान्तिक रूपमा यो हेर्न हामीले पनि सक्थ्यौँ/सकिन्छ। तर यो भर्जिनिया टेक (Virginia Tech) का प्राध्यापक Manoochehr Shirzaei ले गरेको (उनको ‘एक्स’/X बाट लिइएको) प्रारम्भिक विश्लेषण हो। उनले सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्मका सेन्टिनेल-१ भूउपग्रहका राडार अवलोकनबाट प्राप्त तस्बिरहरू केलाएका रहेछन्; जसले त्यहाँको जमिन प्रतिमहिना १० मिमीले तलतिर सरिरहेको देखाएको छ। पहिरो जानुभन्दा सात दिनअघिसम्म पनि महिनाैं देखि यसरी जमिन बिस्तारै विचलन (deformation) भइरहेको सङ्केत गर्छ। र छान्नै नसक्ने भएपछि त्याे भाग छुट्टिएकाे हुन सक्छ ।
भूउपग्रहका तस्बिरहरूमा राडारको विशेष महत्त्व हुन्छ। यसले भूउपग्रह राखिएको आकाशबाट जमिनसम्म मापन गर्दा बिचमा हुने बादलले छेक्दैन। अन्य स्याटेलाइट तस्बिरहरूमा बादल बिचमा बस्ने हुनाले यो मौसममा हाम्रो भूभाग बादलले ढाकेको हुन्छ र जमिनमा भएको हलचल वा परिवर्तनलाई त्यस्ता तस्बिरहरूको विश्लेषणबाट केलाउन सकिन्न (अहिले हामीले सफा तस्वीर पाउन नसकेकाे त्यहि बादलले गर्दा हाे) । तर राडारलाइ बादलले छेक्दैन । भन्नाले, अन्य स्याटेलाइटले खिचेको तस्बिर हाम्रो फोनको क्यामेरा जस्तै हो भने राडर सेन्सर भएकाे स्याटेलाइटले थर्मल गनले शरीरको जोरो नापेजस्तै गरी पृथ्वीकाे सतहकाे परिवर्तन नाप्न सक्छ।

हो, यस्ता तस्बिरहरू केलाउने हो भने नेपालले अब कुन ठाउँमा खतरा छ र कहाँको जमिन बिस्तारै सर्दै गइरहेको छ भनेर हेर्न तथा पहिरो जाने ठाउँको पहिचान गर्न सघाउँछ भन्ने मेराे सैदान्तिक बुझाइ हाे । याे कुराले त्यसलाइ थप बल दिएकाे छ । यस्ता राडार अवलोकनहरूले उच्च हिमाली हिमनदी र चट्टानी प्रणालीहरूमा विनाशकारी पहिरो वा पहिरो खस्नुअघि त्यहाँ भइरहेको अस्थिरता पहिचान गर्न सक्लान् ?

नोट : उत्तमबाबु श्रेष्ठको फेसबुकबाट साभार ।