बैंकले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नगद ३ करोड १ लाखको चेक तथा ७ लाख बराबरको खाद्यान्न उपलब्ध गराउने प्रतिवद्धता जनाएको हो।
काठमाडौं, १२ भदौ ।

प्राइम कमर्सियल बैंकदे रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हुनगएकोे जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुखःव्यक्त गर्दे प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैया र ७ लाखको राहत खाद्यान्न उपलब्ध गराएको छ ।
बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठल् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हन्तान्तरण गराएको हो ।
बैंकका कार्यकारी अधिकृत संजीव मानन्धरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार,राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।’
‘प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरुलाई आवश्यक सहयोग गर्दे आएको छ ’ विज्ञप्तिमा भनिएको छ ‘यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत,उद्धार तथा पुनस्र्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगहरु प्रदान गर्दे आएको छ ।’
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरुको राहत र पुनस्र्थापनाका लागि नेपाल सरकार तथा सम्वन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत बंैकले व्यक्त गरेको छ ।