आजदेखि लागु भएको सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ले सेयर कारोबारमा गर्ने संस्थाहरुलाई बढी  जिम्मेबार बनाउने नीति लिएको छ ।

काठमाडौ, ३० असोज ।

सेयर बजारमा हुने लगानी माथि कसिलो निगरानी गर्ने, दैनिक दश लाख भन्दा बढीको सेयर कारोबार गर्नेको सुक्ष्म विवरण राखेर माथ्लो निकायमा जानकारी दिनुपर्ने लगायतका नियन्त्रणवादी नीति लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन) अगाडि आएको छ ।

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्ने उदेश्यले सेबोनले ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ जारी गरेको छ । २०८३ अशोज ३० गतेदेखि लागु हुनेगरी ल्याइएको नीतिमा
धितोपत्र व्यवसायी तथा वस्तु विनिमय व्यवसायीलाई ग्राहकको पहिचान, कारोबारको स्रोत, वास्तविक स्वामित्व र शंकास्पद गतिविधिको निगरानीमा थप जिम्मेवार हुनुपर्ने निर्देशनमा भनिएको छ ।
निर्देशन अनुसार धितोपत्र बजारका सूचक संस्थाले ग्राहकको सामान्य विवरण संकलन गरेर मात्र अब पुग्दैन । संस्थाहरुले आफूले लिएका विवरणको सत्यता पुष्टि गर्ने, विवरण नियमित अद्यावधिक गर्ने प्रणाली विकसित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
नयाँ व्यवस्थामा खास गरेर अस्वाभाविक कारोबार, शंकास्पद वित्तीय गतिविधि र ग्राहकको पहिचान लुकाएर गरिने कारोबार लाई नियन्त्रण गर्ने विषयलाई प्राथमिकता दिदै सेबोनले धितोपत्र बजारको कारोबारलाई थप पारदर्शी र जवाफदेही बनाउने उदेश्य राख्ने बताएको छ ।
नयाँ व्यवस्थामा दैनिक १० लाख रुपैयाको कारोबार गर्नेहरु माथि संघन निगरानी राख्ने नीति लिइएको छ ।
कुनै व्यक्ति वा संस्थाले एकै पटक वा पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गरेमा सम्बन्धित सूचकलाई जानकारी दिनुपर्ने भनिएको छ । सम्बन्धित संस्थाले कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
कारोबारको रकम,श्रेस्ता वा हिसाब सञ्चालनसम्बन्धी छुट्टै अभिलेख राख्नुपर्ने सेबोनको भनाई छ । यसो गर्दा कारोबारमा प्रयोग भएको रकमको स्रोतसमेत खुलाउनुपर्ने वाध्यता राखिएको छ ,। यस्तो व्यवस्थाले कारोबारको रकम कहाँबाट आयो र त्यसको प्रयोग कसरी भयो भन्ने विषयमा निगरानी गर्न सहज बनाउने सेबोनको सोच छ ।
कारेबारहरुलाई पहिचान गर्न राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा उपलब्ध विवरणका आधारमा पहिचान पुष्टि गरी व्यावसायिक सम्बन्ध स्थाििपत गर्नेपर्न नीति सुझाइएको छ ।
ग्राहकका आवश्यक कागजात तथा विवरण विद्युतीय प्रणालीमा सुरक्षित राख्ने तथा जोखिमको स्तरअनुसार नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था व्यवस्था अपनाउन भनिएको छ ।
उच्च जोखिममा रहेका ग्राहकको विवरण वर्षमा एकपटक अद्यावधिक गर्न भनिएको छ ।
निर्देशनले उच्च पदस्थ व्यक्ति, उनीहरूका परिवार तथा नजिकका सम्बन्धित व्यक्तिको पहिचान र निगरानीलाई पनि प्राथमिकतामा राख्न भनेको छ । पहिचानका लागि ग्राहकबाट सूचना लिने, सार्वजनिक स्रोत तथा सामाजिक सञ्जालमा उपलब्ध विवरण विश्लेषण गर्ने र आवश्यकताअनुसार अन्य अभिलेख तथा व्यावसायिक तथ्यांक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

उच्च पदस्थ व्यक्ति पदबाट अवकाश पाएको एक दशकसम्म निगरानीमा रहने व्यवस्था निर्देशनमा छ ।
सेबोनको निर्देशनमा ग्राहकले शंकास्पद कारोबार गर्ने प्रयास मात्र गरेको अवस्थामा पनि आवश्यक जाँचबुझ गरी शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा तीन दिनभित्र पेस गर्नुपर्ने व्यवस्था छ ।
सम्बन्धित संस्थाले जोखिम मूल्यांकन प्रतिवेदन तयार गरेर सेबोनमा पेस गर्नुपर्ने नियम थपिएको छ । संस्थाले उच्च, मध्यम र न्यून जोखिमअनुसार ग्राहक तथा कारोबार वर्गीकरण गरी निगरानी गर्नुपर्ने व्यवस्था सुझाइएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३:

Sebon Nirdeshan