रास्वपा सभापति चिनियाँ राजदूतबीच भेटवार्ता, जुनसकै सहयोग गर्न चीन तयार रहेको सन्देश
रविले नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।
काठमाडौं, १६ भदौ ।
काठमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदुत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा मंगलबार भेटवार्ता भएको छ । भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे दुस्ख ब्यक्त गरेको रास्वपाले जनाएको छ। राजदूत मिङ्गले खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।
विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिएको जनाइएको छ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

