सूचनामा चीन र नेपालका सम्बन्धित अधिकारीहरूले जोखिमको निगरानी गरिरहेको उल्लेख गर्दे आधिकारिक सूचना, जानकारीहरुमात्र पालना गर्न, अप्रमाणित जानकारीबाट टाढा रहन र अनावश्यक आतंक मानसिक तनाव नलिन आग्रह गरिएको छ ।

काठमाडौं, १२ भदौ ।

काठमाडौं स्थित चीनिया राजदूतावासले नेपाल चीन सीमामा नेपालतर्फ हिउँ र चट्टानसहितको हिमपहिरो गएर नदी थुनिएर तलाउ बनेको जनाउँदै तल्लो तटमा खोलामा पानीको सहत निगरानी गर्दे सतर्क भएर उद्धारका काम गर्न भनेको छ ।
सामाजिक संजालबाट ५० मीनेट अगाडि सूचना प्रकाशीत गर्दे नेपाल चीन दुबै तर्फ उद्धार र आकस्मिक कार्य गर्न गम्भिर अवस्था रहेको औल्याएको छ । सूचनामा भनिएको छ ‘ पहिरोले बाँधिएको तालको तल्लो क्षेत्रमा रहेका स्थानीय समुदाय र सम्बन्धित कर्मचारीहरूलाई पानीको स्तरमा हुने परिवर्तनहरूलाई नजिकबाट निगरानी गर्न, अत्यधिक सतर्क रहन र उद्धारका काममा जुट्न आग्रह गरिन्छ ।’

पहिरोले बाँधिएको तालमा हाल उच्च पानी छ रहेको र त्यो ओभरफ्लो हुन थालेको  जनाउँदै भत्किने जोखिम रहेको बताइएको छ।

सूचनामा चीन र नेपालका सम्बन्धित अधिकारीहरूले जोखिमको निगरानी गरिरहेको उल्लेख गर्दे आधिकारिक सूचना, जानकारीहरुमात्र पालना गर्न, अप्रमाणित जानकारीबाट टाढा रहन र अनावश्यक आतंक मानसिक तनाव नलिन आग्रह गरिएको छ ।सूचनामा भनिएको छ ‘हालैका दिनहरूमा, चीन नेपाल सीमा नदीको माथिल्लो भागको नेपाली तर्फको सहायक नदीमा बरफको चट्टानसहीत हिमपहिरो गएको छ, जसले नदीलाई अवरुद्ध गरेको छ र सहायक नदीको छेउमा पहिरोले बाँधिएको ताल बनेको छ।’

चीनिया दूतावासले पहिरोले बाँधिएको तालमा हाल उच्च पानी छ रहेको र त्यो ओभरफ्लो हुन थालेको  जनाउँदै भत्किने जोखिम रहेको बताइएको छ।