कांग्रेसका कविरको कटुन्जेमा घरदैलो
१०३ वर्षकी आमा र ८४ वर्षका छोराबाट आशिर्वाद
काठमाडौ, १२ फागुन ।
नेपाली कांग्रेसका भक्तपुर २ का उमेदवार कविर राणाले मंगलबार सूर्यविनायक नगरपालिका वडानं ५, कुटुन्जेका विभिन्न बस्ती, टोलहरुका मतदाताबाट आशिर्वाद लिदैं कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । घरदैलोमा प्रत्यक्ष तर्फका उमेदवार कविर तथा समानुपातिक उमेदवार मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवालको पनि सहभागिता थियो ।
घरदैलो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अस्ट कबे, निवर्तमान सांसद एवं भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधर,सूर्यविनायक नगर समितिका सभापति निशान ढुंगेल,महासमिति सदस्य विष्णुराज कार्की लगायत प्रदेश, जिल्ला कार्यसमिति, नगर समितिका पदाधिकारी, पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता,कांग्रेसका शुभचिन्तक तथा स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
कांग्रेस सूर्यविनायक ५, कटुन्जेका सभापति राजु ढुंगेलले घरदैलो कार्यक्रममा उमेदवारहरुको स्वागत गरेका थिए । सुवर्णचोकबाट प्रारम्भ भएको घरदैलो कटुन्जेका विभिन्न टोल, बस्ती धुम्दै सृजनानगरमा समापन भएको थियो । उमेदवारको स्वागत गर्दे स्थानीयले ठाउँठाउँमा बाटाबाटामा पूर्ण कलशका घडाहरु राखेका थिए । उमेदवारहरुलाई स्थानीयले उत्साहका साथ फूलमाला,अबिर,खादा अर्पण गर्दे निर्वाचनमा विजयी हुन आशिर्वाद दिएका छन् । कटुन्जे कोेलडाँडाका शताब्दी माता, १०३ वर्षकी टिकाकुमारी ढुंगेल र उनका छोरा ८४ वर्षका विश्वनाथ ढुंगलले कविरलाई आशिर्वाद, फूलप्रसाद दिएका थिए ।
जिल्ला सभापति थापा, नगर सभापति ढुंगेलको बसोबास रहेको कटुन्जे सूर्यविनायकको धेरै मतदाता भएको वडा पनि हो ।सूर्यविनायक ५ मा कटुन्जे पर्दछ ।
कटुन्जेबासी स्व.रामेश्वर ढुंगेल जसलाई ‘पानी पिता’ भनेर चिनिन्छ, उनी दोश्रो संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट निर्वाचनमा भएका थिए । रामेश्वरले हस्ताक्षर गरेको संविधान यतिखेर घायल छ र त्यसलाई जीवन दिने जिम्मेवारी मुलतः नेपाली कांग्रेस काँघमा आएको छ । २०७९ सालको पछिल्ल्लो चुनावमा एमालेका महेश बस्नेतलाई पराजित गर्दे निर्वाचित भएका दुर्लभ थापा लगायत २०५० पछिका धेरैजसो निर्वाचनमा कांग्रेस विजयी भएको आधारमा कांग्रेसजनले भक्तपुर २ लाई कांग्रेस किल्ला भन्ने गर्दछन् । भक्तपुर २ बाट यसपटक कांग्रेसका कविर उमेदवार छन् ।
एमालेबाट महेश बस्नेत, रास्वपाबाट राजिव खत्री, नेकपाबाट रामप्रसाद सापकोटा, नेमकिपाबाट रमेश वैध, राप्रपाबाट विक्रम थापा लगायत १७ वटा पार्टीका तथा १५ जना स्वतन्त्र उमेदवार चुनावी मैदानमा छन् । अहिलेसम्मको चुनावी माहौलबीच मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीच हुने आँकलन गरिदैंछ ।
कांग्रेसका कतिपय निर्वाचनहरुमा बल्झिने ‘अन्तर्घात’ भन्ने महारोग यसपटक देखिएन र ‘मुन्टो निमठँने’ प्रवृतीले खेल्न पाएन भने कटुन्जे कविरका लागि निर्णायक हुने हैसियत राख्दछ ।र,
तस्बिर : सूर्यविनायक ५, कटुन्जे कोलडाँडाका १०३ वर्षिय टिकाकुमारी ढुंगेल तथा उहाँका छोरा ८४ वर्षका विश्वनाथ ढुंगेलबाट आशिर्वाद लिँदै उमेदवार कविर, मदनकृष्ण श्रेष्ठ ।
