थापाले राजनीतिक अराजकता, असंवेदनशीलता र अर्थतन्त्र संचालनमा देखिएका चुनौतीहरु माथि छलफल गर्नुपर्ने बताएका छन् ।

काठमाडौ,२४ साउन ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैंठक प्रारम्भ गर्दे केही महत्वपूर्ण एजेण्डा अघि सारेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रारम्म भएको बैंठमकलाई सम्ब्बोधन गर्दे थापाले सरकारको चार महिने कार्यकालका क्रममा राजनीतिक, सामाजिक र आर्थिक वृतमा देखिएका संकेतहरु माथि विचार विमर्श गर्दे आवश्यक निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए ।
थापाले राजनीतिक अराजकता, असंवेदनशीलता र अर्थतन्त्र संचालनमा देखिएका चुनौतीहरु माथि छलफल गर्नुपर्ने बताएका छन् । थापाले नेपाली कांग्रेसको मुलुकको शक्ति भएको, जिम्मेवारी प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उनले
राष्ट्रिय भूमिका खेल्ने र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।
थापाले प्रतिपक्षीय भूमिका र पार्टी पङ्तीकाबारेमा धारणा राख्दै विमर्श गर्न आग्रह गरेका छन् । पार्टी कार्यालयले सामाजिक संजालमा थापाको सम्बोधन राखेको छ ।
थापाको भिडियो सन्देश, लिङ्क क्लिक गर्नुहोस्

https://www.facebook.com/nepalicongresshq/videos/903685968988921