मुलकभर ९१ प्रतिशत वडामा कांग्रेस अधिवेशन सम्पन्न
काठमाडौं,४ अशोज ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत अशोज ३ र ४ मा ७३ जिल्लाका ६ हजार १सय ३२ वडामा अधिवेशन सम्पन्न भएको कांग्रेस पार्टीले जनाएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ ‘असोज ३ गतेबाट शुरु भएको वडा अधिवेशन आज दोस्रो दिन असोज ४ गते पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनु भएको छ।’

मुलकभर ६ हजार ७ सय ४३ वडा मध्ये कांग्रेसले अधिकांश वडामा अधिवेशन सम्पन्न गरेको छ । कांग्रेसको संगठनको जग मानिने, वडा अधिवेशनको पछिल्लो आँकडाले करिब ९१ प्रतिशत वडामा अधिवेशन सम्पन्न गरेको देखिन्छ ।
विज्ञप्तिमा भनिएको छ ‘निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं.६ वाहेक), सुनसरी, सप्तरी क्षेत्र नं.२ र ४ वाहेक, धनुषा, महोत्तरी, सर्लाही क्षेत्र नं.२ वाहेक, रौतहट क्षेत्र नं.१ वाहेक, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी क्षेत्र नं. २ वाहेक, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला गरी ७३ जिल्लाका ६१३२ वडामा अधिवेशन पश्चात निर्वाचन सम्पन्न भएको जानकारी गराईन्छ । यसरी असोज ३ गतेबाट शुरु भएको वडा अधिवेशन आज दोस्रो दिन असोज ४ गते पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनु भएको छ ।’
केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला वाहेक सप्तरी क्षेत्र नं। २ र ४, सिरहा, मोरङ क्षेत्र नं.६, रौतहट क्षेत्र नं.१, सर्लाही क्षेत्र नं.२, परासी क्षेत्र नं. २, तथा आज सम्पन्न हुन छुट भएका सम्पूर्ण वडा अधिवेशन लगायतको वडा अधिवेशन असोज ५ गते सोमवार पनि निरन्तर जारी रहने व्यहोरा यसै सूचना मार्फत सरोकारवाला सबैमा जानकारी गराएृको विज्ञप्तिमा उल्ल्लेख छ ।
कांग्रेसले भनेको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आज दोस्रो दिन असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा प्रारम्भ भएको छ ।’

