कुनै अलमलमा नपरी कांग्रेसका उमेदवारलाई मत दिन आग्रह

सङ्लोन्यूज
काठमााडौं, ८ माघ । नेपाली कांग्रेस, भक्तपुर २ का उमेदवार कविर राणाले नेपाली मतदातालाई कुनै अलमलमा नपरी कांग्रेसका उमेदवारलाई मत दिन आग्रह गरेका छन् । शुक्रबार, नेपाली कांग्रेस, सूर्यविनायक—५, वडा समितिले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दे थापाले लोकतन्त्रको रक्षा र विकासका लागि कांग्रेसलाई मत दिन अनुरोध गरेका हुन्।


सभालाई सम्बोधन गर्दे राणाले भने ‘हामी विकासवादी हौं, हामी लोकतन्त्रवादी हौं ।’ नेपाली कांग्रेसले ल्याएको प्रतिज्ञापत्र, जनताबीच काम गर्ने गरी ल्याएको बताए। ‘प्रतिज्ञापत्रमा हामीले एक वर्षमा के गर्ने, दोश्रो वर्षमा के के गर्ने, तेश्रो वर्ष के गर्ने, पाँचौ र दशौं वर्षमा के गर्ने भन्ने कार्यक्रम छन्’ राणाले भने ‘हामी सच्चिएर आएका छौं, बदलिएर आएका छौं । हामी विकासवादी हौ, हामी नै लोकतन्त्रवादी हौ ।’

सुशासन र सामाजिक संजाल निर्वाध उपयोगको माग लिएर आएका जेनजि युवाहरुको निधन भएकोमा दुःख व्यक्त गर्दे राणाले श्रद्धान्जली दिए । ‘जेनजिहरुको आन्दोलन खोस्नेहरु अहिले नयाँ भनेर आइरहेको छन्’राणाले भने ‘नयाँ हौं भन्नेहरु ब्यासोका छाला ओढेका स्याँलहरु हुन् । जसले देश जलाए, तिनले देश बनाउँदैनन् ।’
‘हामीसँग सिद्धान्त पनि छ, कार्यक्रम पनि छ’ राणाले भने ‘हामी नयाँ हौं । कांग्रेसले १६५ निर्वाचन क्षेत्र मध्ये १०६ क्षेत्रमा नयाँलाई उमेदवार बनाएको छ । भक्तपुर २ मा पनि नयाँ अनुहार हो । नयाँलाई मत दिने हो भने कविरलाई दिनुहोस् ।’ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनकपुरबाट सार्वजनिक भएको प्रतिज्ञापत्रबारे काठमाडौंमा ५सय भन्दा बढी प्रश्नहरुको जवाफ दिएको चर्चा गर्दे राणाले प्रश्न गरे ‘नयाँ भन्नेहरुसँग क्षमता छ ? प्रश्नहरुको उत्तर दिने ?’

फागुन २१ मा हुन गैरहेको चुनाव सामान्य अवस्थामा हुन लागेको नभएर विशेष परिस्थितिमा हुन लागेको बताउँदै राणाले भने ‘घायल भएको संविधान जोगाउन काग्रेसलाई मत दिनुहोस् ।’

सभामा कांग्रेसका समानुपातिक उमेदवार मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस पुरानो पार्टी भएपनि नयाँ सोच, विचार, नीति र नेतृत्वका साथ चुनावमा आएको
चर्चा गर्दे नेपाली कांग्रेसका प्रत्यक्षका उमेदवार कविर र समानुपातिक उमेदवारलाई जिताउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे । ‘ दुईटै मतपत्रमा रुखमा भोट हाल्नु हुनेछ ’श्रेष्ठले भने ‘संविधानलाई ट्याकमा ल्याउन,  संविधान जोगाउन रुखमा मतदान गर्नुहोस ।’


सभामा कांग्रेस केन्द्रीय सदस्य अष्ट कबेले जेनजिहरुको आन्दोलन गर्यौ भन्नेहरुको त्यसको जिम्मा लिनुपर्ने बताए । ‘ जेनजिको आन्दोलन हाइज्याक गरेर सिंहदरबार,सर्वोच्च, संसद जलाउनेहरु, व्यक्तिगत सम्पति जलाउनेहरुले त्यसको जिम्मा लिनुपर्दछ कि पर्दन ?’ कबेले भने ‘ यस्ता प्रश्न फेसबुकमा गर्यो भने तथानाथ गाली आउँछन् ।’ उनले फेसबुकमा नभएर अगाडि आएर गाली गर्न सुझाए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति एवं निवर्तमान सासद दुर्लभ थापाले शिर झुकाएर कांग्रेसका साथीहरुसँग मत मागिरहेको बताउँदै भने ‘अहिले शिर झुकाएर मत माग्दैछु, जिते पछि शिर ठाडो पारेर छलफल गरौंला ।’ भक्तपुर २ ले रामेश्वर ढुंगेललाई निर्वाचित गरेको, आफूलाई विजयी बनाएको चर्चा गर्दे थापाले भने ‘ हाम्रो बेइजत नगरिदिनु होला, हाम्रो शिर ठाडो पारेर हिड्ने बनाउनु होला, तपाईहरुको पनि शिर ठाडो हुन्छ ।’
भक्तपुरको विकाससँग सम्बन्धित प्रचारहरु बारे थापाले  गलत सूचनाहरु प्रवाहित भैरहेको चर्चा गरे । ‘भक्तपुरको विकास रोकियो भनिदैछ । टेप बोकेर नापौ, कहाँ कति काम भएको छ । कम रहेछ भने थापाले भने ‘काइलाको छोरा माइलाले राजनीतिबाट बिदा लिन्छ ।’
कोेणसभामा, क्षेत्रिय सभापति भेषबहादुर कार्कीले भक्तपुर २ बाट निर्वाचित रामेश्वर ढुंगेलले संविधानमा हस्ताक्षर गरेको चर्चा गर्दे भने ‘रामेश्वरले संविधान बनाए, रामचन्द्र पौडेलले यसलाई जोगाए, कविरले यसको संरक्षण गर्ने छन् ।’ प्रचार समिति संयोजक सुरेन्द्र केसीले भक्तपुरको कटुन्जे शिक्षित र सचेत ठाउँ भएको बताउँदै संविधान जोगाउन कांग्रेसलाई मत दिन आग्रह गरे । कार्यक्रमको सभापतित्व कांग्रेस कटुन्जेका सभापति राजु ढुंगेलले गरेका थिए भने कार्यक्रम संचालन पूर्ण विशुङ्खेले गरेका थिए ।