काठमाडौं एक : कांग्रेस एकतामा प्रश्न
प्रकाशमान भेलामा उपस्थित हुन्छन् भन्ने अपेक्षा कांग्रेजनको थियो, अनौपचारिकरुपमा सिंह आउँने प्रचार पनि गरिएको थियो, तर प्रकाशमान आउँदै आएनन्
सङ्लोन्यूज
काठमाडौं, २४ माघ ।
नेपाली कांग्रेस, काठमाडौं महानगरपालिका वडा न. १० ले काग्रेसका उमेदवारको पक्षमा चुनावी माहौल बनाउन आयोजित क्रियाशील सदस्य तथा शुभेच्छुकहरुको भेलामा सम्बोधन गर्ने वक्ताहरुले कांग्रेसमा आन्तरिक एकता आवश्यक रहेको औंल्याए ।
संविधानविद एवं सविधानसभा सदस्य राधेश्याम अधिकारीले भेलालाई सम्बोधन गर्दे नेपाली कांग्रेसले २०५१ सालमा कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गर्दा त्यसपछि धेरै दूर्घटनाहरु भएको बताए । ‘हामीले आफ्नो ठाउँ जोगाउन सक्नुपर्दछ’ अधिकारीले भने ‘आफूले खुट्टा टेक्ने ठाउँमा टेक्नुपर्दछ, खुट्टा टेक्ने ठाउँ सजकताकासाथ जोगाउनु पर्दछ ।’
क्षेत्रं नं १ बाट पटक पटक प्रकाशमानलाई जिताएको चर्चा गर्दे अधिकारीले भने,‘अहिले प्रकाशनमान छैनन्, प्रबललाई जिताऔं ।’ कांग्रेसका प्रबल प्रतिनिधिसभा निर्वाचन पछि हुने स्थानीयतह निर्वाचन, प्रदेश निर्वाचनको पूर्वाभ्यास मात्र भएको बताउँदै गर्दे अधिकारीले भने ‘ प्रबलले चुनाव जित्दा, स्थानीय चुनाव, प्रदेशसभा चुनावमा हामीलाई उत्साह हुन्छ । प्रबल हार्दा हामी के हुन्छौं ?’ निर्वाचनबाट हामीले के पाउँछौं, के गुमाउँछौं ? भनेर सोच्च आवश्यक रहेको अधिकारीले बताए ।‘व्यक्ति विषयको कुरा होइन, कांग्रेस नेतृत्वको सरकार बनाउन हरेक भोटको महत्व छ, फेरिएको छ कांग्रेस, बद्लिएको छ कांग्रेस’ अधिकारीले भने ‘सबैले सहयोग गरौं, समर्थन गरौं, प्रबललाई जिताऔं।’
सभामा नेपाली कांग्रेसका एवं क्षेत्रनं १ का निवर्तमान सांसद, प्रकाशमान सिंह उपस्थित भएर भेलालाई सम्बोधन गर्ने अपेक्षा कांग्रेजनले राखेका थिए । अनौपचारिकरुपमा सिंह आउँने प्रचार पनि गरिएको थियो । तर, प्रकाशमान उपस्थित भएनन् । सभालाई सम्बोधन गर्दे, क्षेत्रनं १(क) का प्रदेशसभा सदस्य सुरजचन्द लामिछानेले कांग्रेसजन व्यत्तिको पछाडि लाग्न नहुने बताउदैं भने ‘मुख हेरेर होइन, रुख हेरौं, रुखमा मतदान गरौं । अर्का १ (ख) प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले देशै भरीका कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरे ।
कांग्रेसको आन्तरिक जीवनमा के देखिन्छ भने क्षेत्रनं १ बाट लगातार चारपटक निर्वाचित भएका प्रकाशमान अहिलेसम्म मौन बस्न रुचाएका छन्। उनकै पक्षधर मानिने दीपेन्द्र श्रेष्ठ पनि चुनाव प्रचारमा खुलेर सक्रिय देखिएका छैनन् । कांग्रेसका सभालाई सम्बोधन गर्नुपर्ने अवस्थामा दीपेन्द्रले औपचारिकता निर्वाह गर्दे तौलितौली धारणा राख्ने गरेको कांग्रेसजनको अनुभव छ । यता, लामिछाने भने चुनाव प्रचारमा सक्रिय रहेको, प्रबलको पक्षमा भिडिरहेको काग्रेस कार्यकर्ता बताउँछन् ।
सभालाई सम्बोधन गर्दे संविधानसभा सदस्य मोहन राईले बद्लिएको कांग्रेस, बदल्छौं देश भन्ने भावनाबाट अघि बढ्न सुझाउँदै भने ‘कांग्रेस एक ढिक्का भए विजय सुनिश्चित छ ।’
युथ कांग्रेस सभापति यशस्वी राईले प्रचार प्रसारमा जुट्नुपर्ने आवश्यकता औंल्याइन् । ‘प्रबल दाईको फेसबुक पोष्ट दिनदिनै राखेका कुरा हामी कतिले सेयर गरेका छौ’ राईले भनिन् ‘कांग्रेसलाई जिताऔं, प्रबललाई भोट हालौ भनेर कतिले पोष्ट गर्नु भएको छ ?’ राईले आजैबाट प्रचार, प्रसारमा जुट्न आग्रह गरिन ।
क्षेत्रंनं १ का उमेदवार प्रबल थापाले नेपाली कांग्रेस पार्टीले आफूलाई ऐतिहासिक अवसर दिएको, भरोसा र जिम्मेवारी दिएको बताउँदै भने ‘ यो भरोसा र विश्वास तपाईहरु सबैलाई गरेको हो ।’ नेपाली कांग्रेसले मुलुकभरका १६५ निर्वाचन क्षेत्र मध्ये १०६ वटामा नयाँ उमेदवार बनाएको, त्यस मध्ये आफू पनि एक भएको बताए । ‘मेरो उदेश्य मेरो जित भन्दा अरु केही छैन, म प्रबल होइन, कांग्रेस चुनाव लडेको हो’ थापाले भने ‘ निर्वाचित भएपछि मेरो भूमिका तपाईहरुले गर्व गर्न लायकको हुने छ ।’ एउटा सांसदको नीति निर्माणको भूमिकाका साथसाथ क्षेत्रको विकास निर्माणको काममा लागि पर्ने थापाले बताए । थापाले मुख्यरुपमा भष्ट्राचार शुन्य सहनशीलताको पक्षमा लागि पर्ने तथा युवा रोजगारी र उद्यमशीलतालाई कसरी जोडने भन्ने हुने कुरामा केन्द्रीत हुने बताए ।
काठमाडौं वडान नं १० वा वडा सभापति राजकुमार केसीको अध्यक्षतामा भएको भेलाको संचालन मधुसुदन अधिकारीले गरेका थिए ।
