काठमाडौं, २४ माघ ।
नेपाली कांग्रेस भक्तपुर, सूर्यविनायक वडानं ५कटुन्जेले उमेदवार साक्षात्कार कार्यक्रम आयोजना गरेको छ । शनिबार, नेपाली कांग्रेस भक्तपुर २ का उमेदवार कविर राणासँगको साक्षात्कार कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उल्लखनीय उपस्थिति थियो ।


कार्यक्रममा उमेदवार राणा, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधर लगायतका नेता कार्यकर्ताको उपस्थित थियो ।
कार्यक्रमालाई सम्बोधन गर्दे उमेदवार राणाले कटुन्जे प्रारम्भदेखी कांग्रेसको राम्रो आधार क्षेत्र रहेको चर्चा गर्दे यसपटक पनि कांग्रेसलाई राम्रो मत खस्ने विश्वास व्यक्त गरे । भक्तपुरबाट आफूले ठूलो आशा राखेको राणाले बताए । जिल्ला सभापति थापाले कुटुन्जेमा पार्टीका पद र जिम्मेवारीमा रहेका नेताहरुको बसोबास रहेको बताउँदै सबैजना सक्रियताकासाथ पार्टीका उमेदवार कविर राणालाई जिताउन सक्रिय हुनुपर्ने धारणा राखे ।


कार्यक्रममा निर्वाचन परिचालन समितिका गणेश चक्रधर, सूर्यविनायक कांग्रेस नगर सभापति निशान ढुंंगेल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम वडा सभापति राजु दुंगेलको सभापतित्वमा सचालन भएको थियो ।