काठमाडौं, २१ माघ ।
नेपाली कांग्रेसले पार्टीको मुख्य सचिव पदमा सचिव पदमा कार्यरत कृष्णप्रसाद दुलाललार्ल कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएको छ । पार्टी सभापति गगनकुमार थापाले पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्विकृत गर्दे दुलाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कायम मुकामय मुख्ख सचिवको जिम्मेवारी दिएका हुन् ।
पार्टीका सचिव प्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९१००, नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ ९ग० तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ ९क० बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव श्री कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको का।वा। मुख्य सचिवको जिम्मेवारी तोक्नु भएको छ ।’
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेलले २०८२ माघ ८ गते दिनु भएको राजीनामा स्वीकृत गरेको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ ‘वि।सं। २०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्य सचिव पदमा रही पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गर्नु भएकोमा श्री पौडेलप्रति सभापति श्री थापाले नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । साथै, उहाँको उज्ज्वल भविष्यको कामना साथ आगामी दिनहरुमा उहाँको निरन्तर सहयोग रहिरहने विश्वास सभापतिले लिनु भएको छ ।’