काठमाडौं, १८माघ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले भक्तपुरका दुबै निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेदवारलाई जिताउन पार्टीका जिल्ल्ला अध्यक्ष बचन देउजाको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन कमिटीहरु गठन गरेको छ । जिल्ला, क्षेत्र र वडास्तरको तीन तहको निर्वाचन कमिटी गठन भएको एमालेका एक नेताले बताए ।
एमालेबाट क्षेत्र नं १ मा सोमप्रसाद मिश्र र क्षेत्र नं २ बाट पार्टीका सचिव महेश बस्नेत उमेदवार बनेका छन् ।
देउजा कमाण्डर रहेको मुख्य परिचालन कमिटी अन्तर्गत क्षेत्र न.१मा जिल्ला सचिव विष्णु तामाङ्गको सहसंजोजकत्वमा १०५ सदस्यिय क्षेत्रिय कमिटी गठन गरिएको छ । क्षेत्र नं २ मा जिल्ला उपाध्यक्ष एव प्रदेश सांसद किरण थापाको सहसंयोजकत्वमा १२६ जनाको परिचालन कमिटी गठन भएको छ ।
त्यस्तै जिल्ला इन्चार्जको संयोजकत्वमा वडा स्तरिय कमिटीहरु गठन गरिएको एमालेले जनाएको छ । वडा कमिटीका अध्यक्ष सचिव रहनेगरी प्रत्येक वडामा ५१ सदस्यिय कमिटी गठन गरिएको छ ।