काठमाडौ, ९ माघ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न केन्द्रीय समिति बैठक पछि सामाजिक संजालमा भिडियो पोष्ट गर्दे देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गरेका छन् । अपिलमा पौडेलले कांग्रेसमात्र होइन देशलाई कांग्रेस मार्फत परिवर्तन गर्न खोजेको बताएका छन् ।
पौडेलले जारी गरेको व्यक्तव्यमा आफूहरुले नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रुपान्तरणको विषयलाई पैरवी गर्दे आएको, नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरु निरन्तर उठाइरहेको चर्चा गर्दे भनिएको छ ‘आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ ।अब फेरि पनि हाम्रो अर्को अनुरोध छ।’
पौडेलले जा।री गरेको विज्ञप्तिमा भनिएको छ ‘ हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौं । त्यसकारण अब कांग्रेस परिवर्तित भएको छ । परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित हामीले देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेका छौं । अर्थात आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेको छ । आम नेपाली कांग्रेसका साथीहरु र मतदाताहरुको चाहना बमोजिम नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात हामीले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेका छौं।
देश परिवर्तनका निम्ति आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दे प्रदीपले भनेका छन् ‘मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ । जसको नीति त्यसकै नेतृत्व हाम्रो प्रतिबद्धता हो । त्यसअनुसार कांग्रेसलाई नीतिगत पक्षबाट बदल्ने, नेतृत्वगत पक्षबाट बदल्ने र दुवै पक्षबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोटमा यहाँहरुको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’