काठमाडौं, ९ माघ ।

राष्टपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार बसन्त श्रवण गरेका छन् । श्रीपंचमीको अवसरमा हुनमान हनुमानढोका दरबारमा श्रीपञ्चमकीका अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागि भएर राष्ट्रपति एवं प्रधानमन्त्री दुबैले स्वरस्वती मन्दिरमा पुजा अर्चना तथा पुरोहितबाट फूल माला प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी)  को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो।’
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।
सो समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।
वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

प्रधानमन्त्री सुशिला कार्की आज हनुमानढोका दरबारमा श्रीपञ्चमकीका अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सरिक भएको प्रधानमन्त्री कार्यालयले जनायको छ ।कार्यालयले भनेको छ – राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विभिन्न संवैधानिक निकायका प्रमुखहरुको पनि सहभागिता थियो।