काठमाडौं, २१ असार ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले नेपाली कांग्रेसबारे गरेको फैसला सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्ने बताएका छन् । सर्वोच्चको फैसला माथि संक्षिप्त प्रतिक्रिया दिदै शर्माले कांग्रेसले विशेष अधिवेशनका सम्पूर्ण तथ्यलाई अदालत समक्ष पेश गर्ने भनेका छन् ।
‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको बिषयमा पुनरावलोकनमा नगएको भए पनि लामो बहस पस्चात न्यायिक निरुपण भइसकेकै थियो’ शर्माले भनेका छन् ‘यद्यपि पुन परिक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्‍याउनेछ ।’

शर्माले जिम्मेवार भएर अदालत समक्ष प्रमाण पेश गर्ने बताएका छन् । शर्माले भनेका छन् ‘संयम र परिपक्वतासाथ नेपाली काँग्रेसको बिशेष महाधिवेशनको सम्पुर्ण तथ्यलाई सम्मानित न्यायालय समक्ष पुन प्रस्तुत गर्न हामी विल्कुल स्पष्ट, खुला र तत्पर छौं ।’

तस्बिर: सामाजिक संजाल