काठमाडौं,२१ साउन ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई स्वास्थ सेवामा पहुँच गराउने उदेश्यले संचालनमा  ल्याइएको  स्वास्थ बीमा कार्यक्रम सीमित हुँदै गएको र सरकारले नियन्त्रणवदी नीति लिएको जस्ता प्रश्न गर्दे स्वास्थ बीमालाइ राज्यले नाफाघाटाको विषय बनाउन नहुने भनेका छन् ।

सामाजिक संजालमा भिडियो सन्देश पोष्ट गर्दे उनले स्वास्थ बीमाप्रति सरकारकै बक्रदृष्टि परेको बताउँदै पौडेलले भिडियो सन्देशमा स्वास्थ बीमा कार्यक्रम नागरिक र सरकार मिलेर संचालनमा आएको नमुना कार्यक्रम हो भनेका छन् । पौडेलले भनेका छन् ‘विपन्न, मध्यमवर्गिय र आम नागरिककको स्वास्थमा संजिवनिकोरुपमा काम गर्नसक्ने दैखेर नै मैलै मंत्री हुँदा यसको सेवा र सुबिधा विस्तारमा यथाशक्य प्रयास गरेको स्ममरण गर्न चाहन्छु ।’
पौडेललेको प्रश्न छ —नागरिकको ज्यानको मूल्य नाफाघाटाको तराजुमा जोख्न मिल्छ ?’

स्वास्थ बीमाको औचित्य, आवश्यकता र संचालनबारे पौडेलका सुझाव , भिडियो लिङ्क खोल्नुहोस् ।

https://www.facebook.com/share/v/1UTCphJyFx/