गगन नेतृत्वको कांग्रेसको पदवहाली, सानेपामा केन्द्रीय समिति बैंठक बस्दै
सङ्लोन्यूज
काठमाडौं, ८ माघ ।
नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिलिे शुक्रबार पदवहाली गर्ने कार्यक्रम छ । पार्टी कार्यालयबाट जारी सूचनामा शुक्रबार १ बजे केन्द्रीय समितिको बैंठक बस्ने भनिएको छ । शुक्रबार पार्टी केन्द्रीय समितिको बैठक बस्ने, बैंठकमा केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरुको उपस्थिति हुने भनिएको छ ।
जानकार श्रोतका अनुसार शुक्रबार नयाँ कार्यसमितिले पद वहाली गर्ने तथा बैंठकले निर्वाचनसँग सम्बन्धित केही विभागहरुको घोषणा हुने छ । श्रोतका अनुसार बैंठक पार्टी सभापति गगन थापाको अध्यक्षतामा बस्ने छ ।पार्टी मुख्यालय सानेपामा केन्द्रीय समिति बैंठक बस्दै छ ।
पार्टी सचिव प्रकाश शर्माले जारी गरेको सूचनामा भनिएको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ माघ ९ गते शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी।पी। नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध
