काठमाडौं, ६ माघ ।

नेपाली कांग्रेसले भक्तपुर २ मा पत्रकार कबिर राणालाई टिकट दिएको छ । देशान्तर साप्ताहिकका सम्पादक राणा नेपाली कांग्रेस भक्तपुरको जिल्ला कार्यसमितिका सदस्य हुन् । सङ्लोसँग कुरा गर्दे राणाले कांग्रेसबाट उनी एकमात्र पत्रकारले टिकट प्राप्त गरेको बताए ।
राणाको प्रतिस्पर्धा एमाले पार्टीका सचिव महेश बस्नेतसँग हुने सम्वभावना छ ।रास्वपाले पनि पत्रकार राजिव खत्रीलाई मैदानमा उतारेको छ । भक्तपुर २ मा नेमकिपा, राप्रपा लगायत स्वतन्त्र उम्मेदवारहरु पनि छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काग्रेसका दूर्लभ थापाले एमालेका बस्नेतलाई पराजित गरेका थिए । भक्तपुर २ मा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्दछन् ।