सहज छ कांग्रेसको समाधान : गगनले स्वागत गर्ने, देउवाले समर्पण
बिपिबाट दीक्षित र किसुनजीका अनुयायी देउवाले बरालिएको कांग्रेसलाई कार्यकर्ताले लिकमा ल्याएकोमा धन्यवाद दिदैं मेलमिलाप गर्नुले उनी अपमानित हुने होइन सम्मानीत हुनेछन । ओजपूर्ण कांग्रेसको सम्मानीत पूर्व सभापति आफैमा एउटा विशिष्ठ पद हो, त्यसो गर्दा देउवामात्र होइन, कांग्रेस अनि लोकतन्त्रकै हित हुने हुन्छ ।
काठमाडौं, ३ पुस ।
नेपाली कांग्रेसमा अब वैधानिकताको प्रश्न रहेन तत्कालका लागि । निर्वाचन आयोगले कांग्रेस विशेष अधिवेशनलाई मान्यता दिदैं विशेष अधिवेशनले निर्वाचित गरेको गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि कांग्रेसको आन्तरिक राजनीतिले नयाँ मोड लिएको छ । आयोगको निर्णयको तात्तातो प्रक्रिक्रिया दिदै पूर्णबहादुर खडकाले आयोग विरुद्ध कानूनी र राजनीतिक लडाई लडने भनेका छन् ।
निर्वाचन आयोगको शुक्रबारको निर्णय पछि कांग्रेसको अन्यौलग्रस्त परिस्थितिमा आमुल परिवर्तन आएको छ । विशेष महाधिवेशन भूईतहका काग्रेस कार्यकर्ताको आयोजनमा सम्पन्न भएको हो । जुन आफैमा कांग्रेसको यथास्थितिवाद विरुद्धको बिद्रोह हो, ऐतिहासिक हो । कांग्रेसजनहरुले समयको माग र आवाजलाई पहिचान अगाडि बढ्ने समय हो । अब विभावित होइन, एक हुने मार्ग लिनुपर्दछ । इतिहासले पार्टीलाई लोकतन्त्रको रक्षार्थ सुम्पिएको जिम्मेवारी आत्मसात गर्नसक्नुपर्दछ । अब नयाँ शिराबाट जानुको विकल्प छैन, कांग्रेसको । अहंकार, बहुमतको बलको अर्थ छैन र कानूनी लडाईबाट पनि अपेक्षित लाभ हुने कुराको ग्यारेन्टी छैन । समय, मुलुकको राजनीतिक चेत, भदौ २३, २४ का घटना, परिघटनाहरुको आलोकमा बद्लिएको छ । बद्लिएको समय र समाजमा यथास्थितिबाट काम लाग्दैन ।
गगनले पार्टीका शीर्षदेखी भूईतहसम्म विभाजित कांग्रेसलाई समेटनु पर्दछ, सम्हाल्नु पर्दछ । देउवापक्षले वर्तमानको राजनीतिक अवस्था आँकलन गर्दे गगनसँग समर्पणको नीति लिनुपर्दछ ।
के देखिदैंछ भने वैधानिकता गुमाएको समुह जसको नेतृत्व कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गर्दे आएका छन् । देउवासँग बहुमत सदस्यहरु थिए, तर अहिले त्यो छैन ।कार्यकर्ताले नयाँ सभापति बनाएपछि उनको वैधानिकता गुम्यो । निर्वाचन आयोगले गगनलाई आधिकारिता दिएपछि अब कानुनी आधार पनि कमजोर भयो । अब, देउवापक्षले कुुनै गुटको नाममा पार्टीमा कब्जा जमाउने सोच राख्न मिल्दैन, त्यसो गर्नु उचित होइन । यता, गगनले पार्टीका शीर्षदेखी भूईतहसम्म विभाजित कांग्रेसलाई समेटनु पर्दछ, सम्हाल्नु पर्दछ । देउवापक्षले वर्तमानको राजनीतिक अवस्था आँकलन गर्दे गगनसँग समर्पणको नीति लिनुपर्दछ ।
कांग्रेसमा बिग्रह गरेर कोही कसैलाई लाभ हुने देखिन्न । कारण, फागुन २१ मा निर्धारित आम निर्वाचनका लागि उम्मेदवारको नाम दिने समय धेरै छैन, केबल ४ दिनमात्र बाँकी छन् । चुनाव चिन्ह रुखको हकदार गगनको केन्द्रीय समिति भयो, त्यस्तै चारतारे झण्डा पनि उनीहरुको हकमा आयो, पार्टी मुख्यालयमा ढिलोचाडो प्रवेश गर्ने नै छन् । बद्लिएको परिस्थितिलाई आत्मसात गर्दे अगाडि बढ्नु राम्रो हो । देउवासँग धेरै विकल्प छैनन, सपर्पण, पार्टी विभाजन वा अर्को दल गठन । फागुन २१ को चुनावको पृष्ठभूमिबीच दुई विकल्प काम लाग्दैनन् । पार्टी विभाजन, त्यो सभव छैन । नयाँ पार्टी केन्द्रीय समितिमा उनको जोर चल्दैन । दोश्रो नयाँ पार्टी निर्माण गर्ने कानूनी अधिकार त छ, तर खोल्दा पनि त्यो आसन्न चुनावमा काम लाग्दैन । सबैभन्दा राम्रो विकल्प भनेको समर्पण हो, पराजित भएपछि समर्पणको विकल्प पनि हुँदैन । समय, परिस्थिति र कार्यकर्ताको मनोभाव बुझेर चल्नु वुद्धिमानी हो ।
विशेष अधिवेशन गर्ने कांग्रेसकै नेता, कार्यकर्ता हुन्, त्यसमा विमति राख्नुको अर्थ र आवश्यकता छैन । त्यो सत्य हो, सत्यलाई स्वीकार्नु सर्वहितकारी हुन्छ । देउवाको भागवण्डा फर्मूृला नयाँ कांग्रेसमा चल्दै देखिदैंन । नयाँ कांग्रेसले देउवालाई सम्मानजनक विश्राम बाहेक अरु केही दिनसक्ने देखिन्न । फेरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने उनको चाहना सायद पुरा हुने छैन । कारण, टिकट दिनेहरु आफ्नो नीतिमा स्पष्ट देखिन्छन्, जुन उनीहरुले भन्दै आएका हुन् ।
कांग्रेसका भूईतहका कार्यकर्ताको आवाजलाई गगन थापा, विश्वप्रकाश लगायतकाहरुले नेतृत्व दिएकामात्र हुन् । कार्यकर्ताले उनीहरुलाई विशाल जिम्मेवारी दिएका छन्, फराकिलो काग्रेस बनाउने खास गरेर कांग्रेसलाई कांग्रेस जस्तो बनाउन इतिहासले दिएको जिम्मेवारीलाई गगन विश्वले इमान्दारीताका साथ पूरा गर्न सक्नुपर्दछ ।
मुख्य विषय कांग्रेसको टिकटमा चुनावि मैदानमा उत्रने को को हुनेहुन ? कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरिसकेको छ र कोही कसैसँग चुनावी तालमेल नगर्ने भनेको छ । संसदीय समितिमा को को हुने हुन् र कसरी टिकट वितरण हुन्छ, त्यो महत्वपूर्ण छ । कांग्रेसको १६५ क्षेत्रबाटै सिफारिस आएका छन् । तिनै सिफारिस मध्येबाट उम्मेवार छान्ने भनिदैंछ । कांग्रेसको जनाआधार विशाल छ र आकाक्षींहरुको लिस्ट पनि ठूलो छ । १६५ जना उम्मेदवार आवश्यक हुनेमा त्यसको कम्तिमा ४ गुणा सिफारिस भएको बताइदैं छ । निर्वाचन जित्नका लागि धेरै पक्ष आवश्यक हुन्छन नै । उम्मेदबारको व्यक्तित्व, राजनीतिक सोच, चिन्तन, व्यवहारकोसाथसाथ भाषा, जातजाति, लिङ्ग लगायतका पक्षको परख हुन्छ निर्वाचनमा । असल कांग्रेस भएर परिचय कमाएकाहरु कतिपय चुनावी राजनीतिमा सफल नहुन पनि सक्छन् । कारुण चुनावको नाममा देखिएका विकृती र पैसाको खेलोको खेलहरु सहजै यसै निर्वाचनबाट नियन्त्रण हुने होइनन् । आम निर्वाचन अन्य दलका,स्वतन्त्र लगायतका उम्मेदवारसँग हुने प्रतिस्पर्धा हो । निर्वाचन क्षेत्रका अधिक मतदाताले कसलाई रोज्दछन्, त्यर्ही निर्वाचित हुने हो ।
कांग्रेसका भूईतहका कार्यकर्ताको आवाजलाई गगन थापा, विश्वप्रकाश लगायतकाहरुले नेतृत्व दिएकामात्र हुन् । कार्यकर्ताले उनीहरुलाई विशाल जिम्मेवारी दिएका छन्, फराकिलो काग्रेस बनाउने खास गरेर कांग्रेसलाई कांग्रेस जस्तो बनाउन इतिहासले दिएको जिम्मेवारीलाई गगन विश्वले इमान्दारीताका साथ पूरा गर्न सक्नुपर्दछ । गगनले शुक्रबार आयोगको निर्णय पछि जारी गरेको विज्ञप्तिमा भनेका छन् ‘अब अलमलमा नपर्रौं, सर्बै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध होऔं ।’ त्यस्र्तै विश्वप्रकाशले कांग्रेसमा विशेष अधिवेशनमा हस्ताक्षर गर्ने नगर्नेबीच कुनै दरार र दुरी हुँदैन भनेका छन् ।
समयले दिएको जिम्मेवारी गगनले निर्वाह गरुन् । समयले दिएको सन्देश देउवाले आत्मसात गरुन । काग्रेसजन फुटन मिल्ने समय छैन । आपसमा जुटन्ुनै उत्तम विकल्प हो । कांग्रेसको बिग्रह अब सङ्लिनु पर्दछ । गगनले देउवालाई स्वागत गरुन । देउवाले समयले ल्याएको सत्यसँग समर्पण गरुन् । त्यहीँनै हो कांग्रेसको एकमात्र समाधान हो । बिपिबाट दीक्षित र किसुनजीका अनुयायी देउवाले बरालिएको कांग्रेसलाई कार्यकर्ताले लिकमा ल्याएकोमा धन्यवाद दिदैं मेलमिलाप गर्नुले उनी अपमानित हुने होइन सम्मानीत हुनेछन् । ओजपूर्ण कांग्रेसको सम्मानीत पूर्व सभापति आफैमा एउटा विशिष्ठ पद हो, त्यसो गर्दा देउवामात्र होइन, कांग्रेस अनि लोकतन्त्रकै हित हुने हुन्छ ।
तस्बिर : सामाजिक संजालबाट
