एकदिन पछि सर्यो कांग्रेस बैंठक
काठमाडौं,२९ पुस ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको कुनै निचोडमा नपुगि बुधबार बिहान ८ बजेसम्मका सरेको छ । मंगलबार अबेर साँझ कांग्रेसका पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्यजारी गर्दे भोली बिहान बैठक बस्ने भनेका छन् । विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति श्री धनराज गुरुङको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्यो । छलफलको क्रम जारी रहेकोले कार्यसमितिको बैठक भोलि २०८२ पुस ३० गते बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
