संचारमन्त्रीको स्पष्टिकरण : म चुनावमा उठने नउठने कुरा गरेकै छैन
काठमाडौ, २३ पुस ।
संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू चुनावमा उम्मेदावर हुने नहुनेबारेमा अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट गरेका छन् । राजनीतिसँग जोडेर आफ्नो बारेमा गलत सूचना प्रवाह भैरहेको बताउँदै खरेलले भने ‘मैले अहिले उठ्ने, नउठने केही कुरा गरेको छैन, यो मितिसम्म कुनै पार्टीमा गएको छैन, कोही कसैसँग आउँछु, जान्छु भनेको छैन ।’
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २९ स्थापना दिवशका प्रमुख अतिथि खरेललले पत्रकारितालाई कसरी व्यवसायीक बनाउने भन्ने अवस्था रहेको औल्याउँदै भने ‘ मिस इनफरमेशन, डिस इनफरमेश, फेक न्यूज अहिले सबै भन्दा ठूलो प्रश्न व्यवसायिकरणको कुरा छ ।’ चुनावी राजनीतिबारे आफूलाई जोडेर विभिन्न मिडियामा समाचारहरु आइरहेको सन्दर्भमा खरेलले प्रश्न गर्दे भने ‘ सही समाचार आउनुपर्ने हो, म उठ्ने, नउठने कुनै निर्णय गरेको छैन ।’
कार्यक्रम, पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले पत्रकारिता पेशा माथि प्रश्नहरु उठिरहेको विषयमा चर्चा गरे । ‘सबै भन्दा पहिला हामी पत्रकार हौं भन्नेकुरा बुझिदिनुपर्यो, हामी हिङ्ग हौ. कि हिङ्ग बाधेको टालोमात्र भैरहेका छौ’ झाले भने ‘ पत्रकारिताको खास इसेन्स गुम्दै गएको पो हो कि ?’
कार्यक्रममा भक्तपुरमा रहेर पत्रकारितामा सक्रिय तीन जना पत्रकारहरुलाई पुरस्कार वितरण, सम्मान गरिएको छ । स्व. मैयादेवी शिल्पकार पुरस्कार पत्रकार बिनोद कोजु र लिला श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै भगवानदास राजकुमारदास स्मृतिपुरस्कार पत्रकार पेशल आचार्यलाई प्रदान गरिएको छ ।
महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमति प्रदेशका पर्यटन मन्त्री सुरेन्द्र श्रेष्ठ, मध्यपुर ठिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, महासंधका उपाध्यक्ष उम्मिद बागचन्द लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
