काठमाडौं, १८ पुस ।

नेपाली कांग्रेसका विशेष अधिवेशन आव्हानकर्ता महाधिवेशन प्रतिनिधिहरुले कांग्रेस केन्द्रीय समितिलाई दबाव दिदैं प्रेस विज्ञप्ती प्रकाशीत गरेका छन् । कांग्रेस कार्यसम्पादन समितिको बैंठकको पूर्व सन्ध्यामा महाधिवेशन प्रतिनिधिहरुले जारी गरेको विज्ञप्तीमा विशेष अधिवेशन वाध्यकारी व्यवस्था भएको स्ममरण गराउँदै भनिएको छ ‘ विधान माथी कोही पनि हुन सक्दैन । विधानो वाध्यकारी व्यवस्थाको पालना गर्न पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।
विज्ञप्तीमा नेपाली कांग्रेसमा विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्प बाँकी रहेन । विशेष अधिवेशन प्रतिनिधिहरुको विशेष वैधानिक अधिकार हो । यो कसैको छनौटको विषय होइन, रहेन ।’
‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफने विधानको वाध्यकारी व्यवस्था नमान्नै हो भने संविधान। विधिको शासनको वकालत गदर््े नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ’ भन्ने प्रश्न गरेका छन् ।
विज्ञप्ती


Leave a Reply

Your email address will not be published. Required fields are marked *