कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने समय हो : सिटौला
राष्ट्रियता रक्षाको निम्ति राजासँग मिल्ने बिपिको नीतिलाई तत्कालिन सत्ताका प्रमुख राजा वीरेन्द्रले बुझेनन् । आठवटा संगिन मुद्धा लागेका बिपि लगायत सबैलाई विभानस्थलबाटै जेल लगिएको थियो ।
भक्तपुर, १६ पुस ।
नेपाली कांग्रेस भक्तपुरले ५० औ मेलमिलाप दिवश विशेष कार्यक्रम सहीत मनाएको छ । पार्टीको सल्लाधारी स्थित कार्यालयमा मेलमिलाप दिवश सम्बन्धी विचार गोष्टीको आयोजना गरेको हो । गोष्टीमा राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलका नेता, पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला प्रमुख अतिथिको रुपमा सम्बोधन गरे । नेपाली कांग्रेसले पुस १६ को दिनलाई प्रत्येक वर्ष मेलमिलाप दिवश मनाउँदै आएको छ । बुधबार कांग्रेसले ७७ वटा जिल्ला कार्यालयहरुमा मेलमिलाप सम्बन्धी कार्यक्रम आयोजना गरिरहेको छ । त्यस्तै केन्द्रीय कार्यालयले बेग्लै कार्यक्रम गर्देछ, जसलाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने गर्देछन् ।

गोष्टीमा सम्बोधन गर्दे सिटौलाले नेपाली काग्रेसले ५० वर्ष अघि बिपि कोइरालाले लिएको मेलमेलापको नीति मुलुकको अहिलेको राजनीतिक अवस्थामा अनुकरण योग्य भएको बताए । सिटौलाले नेपाली कांग्रेसले मेलमिलापको नीति अनुशरण गर्दे मुलुकको राजनीतिमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस निर्वाचनमा सहभागि भएर अगाडि बढी सकेको चर्चा गर्दे सिटौलाले तोकिएको समयमा निर्वााचन हुन नसके प्रतिनिधिसभा पुर्नस्थापित गरेर राजनीतिक समाधान खोजिने बताए ।
नेपाली कांग्रेसका शीखर पुरुष बिपी कोइरालाले तत्कालिन समयमा ज्यानको जोखिम राखेर भारत निर्वासनबाट नेपाल आउँने निर्णय गरेका थिए । भारतमा प्रधानमन्त्री इन्दीरा गान्धीको महत्वाकाक्षी नीति अन्र्तगत सिक्किम भारतमा बिलय भएको थियो भने तिब्बत चिनले आफ्नो नियन्त्रण लिएको थियो । क्षेत्रिय राजनीतिमा देखिएको बिषम राजनीतिक परिवेशको मूल्याङ्कन गर्दे बिपी कोइरालाले नेपाल फर्कने निर्णय लिएका थिए । भारतबाट बिपि, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाई र नीलाम्बर पन्थी भारतको पटनाबाट काठमार्डौ विभानस्थलमा अवतरण गरेका थिए । राष्ट्रियता रक्षाको निम्ति राजासँग मिल्ने बिपिको नीतिलाई तत्कालिन सत्ताका प्रमुख राजा वीरेन्द्रले बुझेनन् । आठवटा संगिन मुद्धा लागेका बिपि लगायत सबैलाई विभानस्थलबाटै जेल लगिएको थियो ।
कार्यक्रमलाई सम्मोधन गर्दे भक्तपुर कांग्रेसका सभापति एवं निवर्तमान सासद दुर्लभ थापाले आफ्नो बाल्यकालमै विपिलाई फाँसि दिने रे, भन्ने जस्ता कुरा सुनेको चर्चा गर्दे बिपिकै राजनीतिक दर्शन, सिद्धान्त, आदर्श, त्याग र समर्पणको राजनीतिलाई आत्मसात गर्दे राजनीतिमा सक्रिय रहिरहेको धारणा राखे । नेपाली काग्रेसले यतिखेर निर्वाचनलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै भने ‘कांग्रेस अधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने भन्दा पनि मुलुकको अहिलेको समस्यामा नेतृत्वदायी भूमिका खेल्दै अगाडि बढनुपर्ने अहिलेको आवश्यकता हो ।’
‘कांग्रेसमा अहिले क्रियाशील सदस्यतामा रुमल्लिने बेला छैन, अधिवेशन चुनाव अगाडि कि पछाडि भनेर अलमलिने बेला छैन, सबैलाई मिलाएर एकतावद्ध भएर अगाडि बढ्ने बेला हो ’ थापाले भने ‘ नेपाली कांग्रेसले अहिलेको अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गनुृपर्दछ ।’
कार्यक्रममा भक्तपुर काग्रेसका विभिन्न तह र तप्काका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
