निर्वाचन:मूख्य राजनीतिक दल र सकारबीच समझदारी
चुनावको वातावरण बनाउन बालुवाटारमा विस्तृत छलफल गर्ने समझदारी बनेको छ ।
काठमाडौं, ८ पुस : फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
देशको परिस्थिति गम्भिर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भिरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो : राष्ट्रपति
“देशको परिस्थिति गम्भिर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भिरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो”, राष्ट्रपति पौडेलले सो छलफलमा बताए बताए थिए ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गर्दे आएका थिए ।
राष्ट्रपतिले बोलाएको वार्तामा तिनैजना शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा ओली र नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल एकै पटक सँगसँगै शितलनिवास पुगेका थिए । उनीहरु कतै एक ठाउँमा जम्मा भएर सँगसँगै पुगेको बुझिन्छ ।
‘केही काम बाँकी छन्, काम भैरहेका छन्, म चुनाव हुने ढुक्क वातावरण दिन्छु’ —प्रधानमन्त्री
भदौं २३, २३ को जेनजि समूहको अभियान र त्यसको पृष्ठभूमिको विध्वंशको जगमा प्रधानमन्त्री सुशीला कार्की राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्न इच्छुक नभएको अवस्थामा राष्ट्रपनि रामचन्द्र पौडेलले अगुवाई गरेका हुन् । यस अघि जेनजि अभियानकर्ताहरुलाई र राजनीतिक पार्टीका दोश्रो तहका नेताहरुबीच पनि राष्ट्रपतिले प्रधानमन्त्रीको सहभागितामा वार्ता गरेर राजनीतिक गाँठो फुकाउने काम गरेका थिए ।
राजनीतिक दलका शीर्षहरु र प्रधामन्त्री कार्कीबीचको फराकिलो सम्बन्धलाई राष्ट्रपतिले साँगु¥याउने प्रयास गरेका हुन् । दुई पक्षलाई जोडने काम राष्ट्रपतिबाट भएको हो । राष्ट्रपतिले, प्रधानमन्त्रीलाई अब आफै बालुवाटारमा छलफलको वातावरण बनाउन सुझाव दिएको वार्तामा सहभागिले बताए ।
छलफलमा एमाले अध्यक्ष केपि शर्मा ओलीले चुनावको वातावरण बनिनसकेको, चुनाव नहुने धारणा राख्दै प्रतिनिधिसभा पुर्नस्थापनको पक्षमा बोलेका थिए । वार्तामा सहभागि एक सदस्यका अनुसार, ओलीले ४५ मीनेट लामो भाषण गरेका थिए । प्रधानमन्त्री कार्कीले चुनावलाई लिएर केही काम गर्न बाँकी रहेको स्वीकार्दे, चुनाव हुने कुरामा ढुक्क हुन आग्रह गरेकी छन् । ‘केही काम बाँकी छन्, काम भैरहेका छन्, म चुनाव हुने ढुक्क वातावरण दिन्छु ।
