राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्षबीच वार्ता
सङ्लोन्यूज
कठमााडौं, ८ पुस ।
राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा तथा प्रधानमन्त्री सुशीला कार्की सहभागितामा तीन प्रमुख राजनीतिक दलका नेतासँग वार्ता भईरहेको छ ।
वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा ओली तथा नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच अपराह्न तीन बजेदेखी प्रारम्भ भएको हो ।
भदौं २३, २३ को जेनजि समूहको अभियान र त्यसको पृष्ठभूमिमा रचिएको विध्वंशको जगमा प्रधानमन्त्री बनेकी सुशीला कार्की राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्न इच्छुक नभएको अवस्थामा राष्ट्रपनि रामचन्द्र पौडेलले अगुवाई गरेको देखिन्छ । वार्तामा प्रधानमन्त्री सहभागिकोरुपमामात्र उपस्थित रहेको बताइन्छ ।
कार्की नेतृत्वको सरकारले फागुन २१ मा प्रतिनिधिसभा चुनावको मिति घोषणा गरेको छ । सरकार र निर्वाचन आयोग चुनावको पक्षमा अगाडि बढेको अवस्थामा राजनीतिक पार्टीका शीर्षहरु विशेष गरेर एमाले अध्यक्ष केपि शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव भन्दा प्रतिनिधिसभा पुर्नस्थापनाको एजेण्डालाई बढी प्राथमिकता दिएका छन् ।
दलका नेताहरुले चुनावममा चासो कम दिएको राजनीतिक माहौलबीच पछिल्लो समय कार्की सरकारले दलहरुसँगको संवादमा लचिलो बनेको देखिन्छ । सरकारले मन्त्रीस्तरीय वार्ता समिति समेत बनाएको पृष्ठभूमिमा मंगलबारको वार्ताले कार्की, ओली, देउवाबीचको सम्बन्धमा‘आइसब्रेक’ हुने संकेत देखिएका छन् । सरकारले नेताहरुलाई लगाएको स्थानहद संभवत यो वार्ता पछि हटने अनुमान छ ।
