काठमाडौं, ५ पुस ।
पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउन संझाएकी छन् ।
शनिबार सामाजिक संञ्जाल फेसबाटबाट नयाँ निर्वाचित केन्द्रीय समितिलाई शुभकामना दिदैं भण्डारीले भनेकी छन् ‘‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।’
एमाले महाधिवेशनमा विद्याको ब्याकिङ्गमा ईश्वर पोखरेलको नेतृत्वमा पुरै एउटा प्यानल प्रतिस्पर्धामा थियो । पार्टी अध्यक्षको प्यानलसँगको प्रतिस्पर्धामा केही पदमा बाहेक सबैजसो पद गुमेको अवस्था छ । एमालेको केन्द्रीय नेतृत्वले पूर्वराष्ट्रपतिको गरिमामा जीवनयापन गर्न सुझाउँदै पार्टी राजनीतिबाट दूर राख्ने रणनीति विपरित विद्या एमालेमा हस्तक्षेपपूर्ण राजनीतिक अभ्यास गरिरहेकी छन् ।
भण्डारीको फेसबुकबाट
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद ९जबज०को जीवन्त अभ्यास हो ।
तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीज्यू सहित नवनिर्वाचित अन्य पदाधिकारीहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू तथा महाधिवेशन सफल बनाउन अहोरात्र खटिनु भएका स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र कलाकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद । लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ ।
यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु
ि


Leave a Reply

Your email address will not be published. Required fields are marked *