एमाले मतदान प्रारम्भ: ओली, पोखरेलले गरे मतदान
मतदानमा कुनै व्यवधान आएन भने २२ सय ६५ मतदातले सबैंले मतदान गर्न बुधबार दिनभर लाग्ने अनुमान छ । एकजनालाई मतदान गर्न करिव आधा घण्टा लाग्दछ । मतपरिणाम बुधबार अबेर रातसम्ममा आउँने अनुमान गरिदैंछ ।
काठमाडौं, २ पुष ।
एमाले अधिवेशनको पाँचौ. दिन केन्द्रीय नेतृत्वका लागि मतदान प्रारम्भ भएको छ । बुधबार बिहान बजेदेखी मतदान सुरु हुने भनिएपनि केहीबेर ढिलो भएर करिव ९ बजेदेखी मतदान सुरु भएको हो ।
अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरले मतदान गरेपछि आम मतदाताहरु जो बिहानै देखि मतदान गर्न लामवद्ध थिए, उनीहरुले मतदान थालेका हुन् । एमाले अधिवेशनमा डिजिटल भोटिङ्ग गरिदैंछ, जसका लागि ८० वटा मसिन राखिएको छ । एकजनालाई मत हाल्न करिव आधाघण्टा लाग्ने गर्दछ । मतदानमा कुनै व्यवधान आएन भने २२ सय ६५ मतदातले सबैंले मतहाल्न बुधबार दिनभर लाग्ने अनुमान छ । मंगलबार अपराह्नदेखी सर्देसर्दे बुधबार बिहान ८ बजेदेखी प्रारम्भ हुने भनिएको थियो । मतपरिणाम बुधबार अबेर रातसम्ममा आउनसक्ने अनुमान गरिदैंछ ।
मतदानबाट एमालेमा नयाँ नेतृत्व चयन हुने छ । १९ पदाधिकारी सहीत ३०१ को केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष महासचिव, सचिव, उपसचिवमा तीव्र प्रतिस्पर्धा छ । अध्यक्ष पदमा तेश्रो पटक केपी शर्मा ओली चुनावमा उत्रिएका छन् भने उनलाई ईश्वर पोखरेलले टक्कर दिदैंछन् । ईश्वरलाई पूर्व राष्ट्रपति विद्याको ब्याकिङ्ग छ, ओली पक्षले विद्याको एमाले राजनीतिमा प्रवेश गर्ने मार्ग अवरुद्ध गरेको थियो ।
ओली र पोखरेल दुबैले पदाधिकारीदेखी केन्द्रीय सदस्यसम्म आआफ्नै टिम बनाएका छन् । प्यानलको आधारमा मतदान हुने अपेक्षा राखेपछि मतदाताहरुले भोट क्रस गर्ने संकेत देखिएका छन् ।महासचिव पदमा तीव्र प्रतिस्पर्धा छ । निवर्तमान महासचिव शंकर पोखरेल र सुरेन्द्र पाण्डे महासचिव पदका लागि भिड्दैं छन् ।
त्यस्तै १९ पदाधिकारीहरुमा बढी प्रतिस्पर्धा देखिन्छ । खास गरेर सचिव पदमा एमालेका चर्चित नेताहरु आपसमा भिडिरहेका छन् ।
तस्बिर ः न्यूजएजेन्सि, नेपालबाट
