भक्तपुर एकबाट बाबुराजा जोशी, दुईबाट दुर्लभ थापा सहीत आठ सिफारिस
सङ्लोन्यूज
काठमाडौं, २५मंसिर।
नेपाली कांग्रेस भक्तपुरका दुबै क्षेत्रहरुले प्रतिनिधिसभा निर्वाचनका लागि दुबै क्षेत्रबाट उम्मेदबारका आकाक्षीहरुको नाम सिफारिस गरेको छ ।क्षेत्र नं एक नेपाल मजदुर किसान पार्टीको बलियो पकट भएको क्षेत्र हो । त्यस क्षेत्रबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशी सिफारिस भएका भएका छन् ।संभवत उनलेनै टिकट पाउँने संभावना छ ।
क्षेत्र नं २ बाट निवर्तमान सांसद दुर्लभ थापा सहीत ८ जना आकाक्षीको नाम क्षेत्रिय समितिले जिल्ला समितिमा सिफारिस गरेको छ । थापाको नाम सबै भन्दा पहिला एक नम्बरमा छ । त्यसपछि क्रमसः अष्ट कबे, मदनकृष्ण श्रेष्ठ,कविर राणा, सन्तोष भट्टराई, राजनकाजी ट्वाटी, उद्धव सिलवाल र सविन ढुंगेलको नाम सिफारिस भएको एक क्षेत्रिय सदस्यले जानकारी दिए ।
क्षेत्रिले समितिबाट उम्मेदवारका आकाक्षी सबैको नाम सिफारिस गरिएको ति सदस्यले बताए।
कांग्रेस पार्टीमा क्षेत्रिय समितिले जिल्लामा सिफारिस गर्ने, सो सिफारिसका आधारमा जिल्लाले प्रदेश समिति र प्रदेश समितिले केन्द्रमा सिफारिस गर्ने गर्दछन् । क्षेत्रिय समितिको सिफारिसबाट नामहरु छाँदिदैं जानुपर्ने भएपनि सामान्यतथा क्षेत्रिय समितिले सिफारिसका सबैजसो नाम केन्द्रसम्म पुग्ने प्रचलन छ ।
