सङ्लोन्यूज
काठमाडौं, २५ मंसिर।

नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन समारोहको स्थल तयारीका युद्धस्तरमा भैरहेको छ । भक्तपुर नगरपालिका वडानं १ स्थित ठूलो चौरमा मंसिर २७ गते हुने उद्घाटन समारोहस्थल धमाधम निर्माण भैरहेको देखिन्छ।मौलिक नेवारी कलालाई आधार बनाएर उद्घाटन मञ्च तयार भैरहेको छ ।मञ्चमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको आकृतिलाई सजाइयो छ । निर्माणमा संलग्न एक कर्मचारीले बताए ।उनका अनुसार शुक्रबारसम्ममा निर्माणको सम्पूर्णकाम सम्पन्न हुने छ ।