कैलाली -४ बाट पुर्ब मन्त्री बलायरपछि दोस्रोमा जोशीको नाम सिफारिस
काठमाडौं, २४मंसिर।
कैलाली-४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि नेपाली काँग्रेस क्षेत्र न.४ ले ७ जनाको नाम सिफारिस गरेको छ ।फागुन २१ गते तय भएको निर्वाचनका लागि नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी सभापति समेत रहेका पुर्ब मन्त्री , विघठित प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर सहित ७ जनाको नाम सिफारिस गरिएको हो । जसको दोस्रो स्थानमा निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशीको नाम सिफारिस गरिएको छ ।
नाम सिफारिसका लागि आइतबार र सोमबार दुई दिन समय तोकिएकोमा ७ जनाले उम्मेदवार हुने भन्दै नाम दर्ता गराएका थिए । उनीहरु सबैको नाम दर्ताका आधारमा सिफारिस गरिएको क्षेत्र न.४ का सचिव बिष्णु भाटले बताउनु भएको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि वीरबहादुर बलायर , दिनेशराज जोशी , विजय बहादुर कुँवर, लोकराज पाण्डेय ‘आगो’, टेकराज जोशी, नैनसिंह महर र युवा प्रतिनिधिका रुपमा भुवन महरा समेत सिफारिस भएका छन ।समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडक सिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरिएको छ ।यसैगरी राष्ट्रिय सभा सदस्यका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्टको नाम सिफारिस भएको छ।
