जेनजि जिम्मेवार भएर राजनीतिमा लाग्नु पर्दछ : दुर्लभ थापा
१८ वर्ष देखी ३० वर्ष उमेर समुहका युवालाई
क्रियाशील सदस्यता वितरण गर्ने अभियान प्रारम्भ
सङ्लोन्यूज
काठमाडौं २० मंसिर ।
नेपाली कांंग्रेस भत्तपुरले तीस वर्ष मुनिका युवाहरु केन्द्रीत क्रियाशिल सदस्यता वितरणलाई अभियानको रुपमा लिएको छ । शनिबार, सूर्यविनायक नगरपालिका वडा नं ५ काँग्रेसले एक कार्यक्रमको आयोजना गर्दे १८ वर्ष देखी ३० वर्ष उमेर समुहका युवालाई क्रियाशील सदस्यता वितरण गर्ने अभियानको प्रारम्भ गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे भक्तपुर कांग्रेसका सभापती दुर्लभ थापाले नेपाली कांग्रेसमा समयक्रममा नीति र नेतृत्व परिवर्तन हुँदै आएको बताए ।यु्वाहरुलाई कांग्रेसको नीति, कार्यक्रम र ऐतिहासिक योगदानका आधारमा मूल्याङ्कन गर्दे पार्टीमा सहभागि हुन आव्हान गर्दे थापाले जिम्मेवार भएर पार्टी गतिविधीमा संल्गन हुन अनुरोध गरे ।

भक्तपुर कांग्रेसले समयमै क्रियाशिल सदस्यता सम्बन्धी कामहरु सम्पन्न गरेको चर्चा गर्दे थापाले क्रियाशिल सदस्यतालाई पार्टीले जिम्मेवार भएर वितरण गर्ने बताए । कांग्रेसको क्रियाशिल बन्न चाहने जतिले बन्न सक्ने कांग्रेसको नयाँ नीतिको आलोचना गर्दे थापाले भने ‘जो कोही पनि कांग्रेसको क्रियाशिल हुने भन्दा पनि कांग्रेसको मूल्य मान्यता र आदर्शमा जिम्मेवार भएर लाग्न चाहनेलाई क्रियाशिल दिन म आग्रह गर्दछु ।’
पार्टी कब्जा गर्ने उदेश्यले सबैलाई क्रियाशिल सदस्यता खोलिएको हो भने त्यसले नेपाली कांग्रेसलाई ठूलो घात हुने थापाले बताए ।
नेपाली कांग्रेसका अहिलेका अधीकांश नेता नेवि सघ, तरुण दल जस्ता संगठन मार्फत राजनीतिमा आएको तर उनीहरुले जिम्मेवार भएर लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागि भएको विगत चर्चा गर्दे थापाले भने ‘अहिले जेनजिको नाममा आतंक छ, जता गयो उतै म जेनजि भन्दै धम्क्याउनेहरु पनि छन् , जेनजिहरुलाइ जिम्मेवारीकासाथ कांग्रेसको राजनीतिमा सक्रिय हुन् म आग्रह गर्दछु ।’

कार्यक्रममा कांग्रेस क्रियाशिल सदस्यता लिन चाहने युवाहरु लगायत भक्तपुर कांग्रेस, सूर्यविनायक कांग्रेसका जिम्मेवार नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम सूर्यविनायक वडानं ५ का सभापति राजु ढुंगेलको सभापतित्वमा आयोजना गरिएको थियो ।

क्रियाशील सदस्यता वितरण गर्ने अभियान प्रारम्भ