महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण हाे, यसपालीको व्यवस्थाले विगतमा जस्तो विवाद र समय लाग्दैंन

सङ्लोन्य्रज
काठमाडौं, १६ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बनेर अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिले पुष २६—२९ सम्ममा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्दे कार्यतालिका प्रकाशीत गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दे पौडेलले आफूले केन्द्रीय समितिमा प्रस्ताव प्रारम्भमै प्रस्ताव दर्ता गराएको उल्ल्लेख गरेका छन् । पौडेलले भनेका छन् ‘मैले कार्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔं बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,‘तर यसलाई गम्भीर रुपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’

विशेष महाधिवेशन माग गर्नेको पनि पहिलो प्राथमिकता नियमित महाधिवेशन भएकाले यसले ५४ प्रतिशत हस्ताक्षरकर्ताको समेत माग सम्बोधन हुने छ ।’

सन्देशमा पौडेलले भनेका छन् ‘पछि महामन्त्रीबाट समेत सोही अनुसार प्रस्ताव आएको भन्दै नेता पौडेलले भने,‘ पछि महामन्त्रीको प्रस्ताव पनि पुष भित्रै सम्पन्न गर्ने गरि आयो । तर, त्यतिबेला निर्णय हुन सकेन । त्यतिबेला निर्णय भएको भए समयको त्यति चाप पर्ने थिएन ।’
तोकिएकै मितिमा महाधिवेशन सम्भव छ त्यसका लागि सबै युद्धमा जस्तै गरी काम गर्न तयार रहनुपर्ने पौडेलको विचार छ । ‘महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै यसपालीको व्यवस्थाले विगतमा जस्तो विवाद र समय लाग्दैंन ।’ पौडेल भन्छन् ‘यो पटक धेरै सजिलो बनाइएको छ । सदस्य कसैले नवीकरण गर्न चाहेमा बन्चित हुने छैन । विधानले वर्जित गरेको बाहेक कसैको सदस्यस्ता वर्जित हुने छैन । वडा, जिल्ला, केन्द्र र डिजिटल्ली पनि नवीकरण हुने व्यवस्था मिलाइनेछ, ।’
चाहने सबैलाई उपलब्ध गराएर सबैका लागि काङ्ग्रेस खुला गराउने व्यवस्था गरिएको पौडेलले बताउँछन् । पौडेलले भन्छन् ‘विशेष महाधिवेशन माग गर्नेको पनि पहिलो प्राथमिकता नियमित महाधिवेशन भएकाले यसले ५४ प्रतिशत हस्ताक्षरकर्ताको समेत माग सम्बोधन हुने छ ।’
‘महाधिवेशनपछि पार्टीमा एकता कायम हुन सक्छ । नीतिगत रुपमा प्रष्ट भएर आउनसक्छ । जेनजी पुस्ताको विषय समेटेर धारणा ल्याउन सक्छ । पार्टीका सबै संरचना चलायमान हुन सक्छन् । सबै पक्षबाट प्रष्ट भएर अपिल गर्न सक्ने नेतृत्व आउन सक्छ । फागुन २१ को मतदानमा मत बढाउन सक्छ,’ केन्द्रीय सदस्य पौडेलले भने ।
पौडेल भन्छन् ‘पुष महिनाभित्र महाधिवेशन सम्भव छ, सफल पार्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ ।’