कार्यतालिकाको कसरतमा कांग्रेस, काउण्टर राजनीतिबीच अझै संसय
आज पदाधिकारी बैंठक पछि केन्द्रीय समिति बैंठक नबस्दै बैंठकको मिति सर्ने संभावता उत्तिकै रहेको बताउँछन् केन्द्रीय सदस्यहरु । कारण, २ महिनादेखी जुन विषयमा कांग्रेस विवादीत थियो, त्यसको सम्बोधन भएको छैन ।
काठमडौं,१५ मंसिर ।
लामो समयदेखी अधिवेशन कहिले भन्ने प्रश्नबाट ग्ुज्रिरहेको नेपाली कांग्रेस,पार्टी भित्रका काउण्टर राजनीतिक अभ्यासबीच सोमबार कार्यतालिका ल्याँउने तयारीमा छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज १२ः३० मा पदाधिकारी बैंठक बोलाएका छन् । सोही बैंठटकमा छलफल गरेपछि २ बजे बस्ने भनिएको केन्द्रीय समिति बैंठकमा निर्णयार्थ प्रस्तुत हुने छ ।
पार्टी सभापति शेरबहादुर देउवा जो प्रत्यक्ष पार्टीको कमानमा छैनन्, उनको एकसातादेखीको घनिभुत छलफल पछि पुष २६—२९ मा केन्द्रीय महाधिवेशन तिथि तोकिने संभावना बढेको छ ।
अनौपचारिकरुपमा पुस अन्तिम भनिए पनि औपचारिक निर्णय नहुन्जेल यसै भन्न सकिने स्थिति छैन, लामो समयदेखी अनिर्णित कांग्रेस भित्र फागुन २१ को निर्वाचन अगाडि अधिवेशन गर्न नहुने अडान कायम छ र त्यो केन्द्रीय समितिको संख्याका हिसावले बहुमतमा छ । कांग्रेस राजनीतिमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको राजनीतिक जटिलता पनि कायम नै छ ।
आज पदाधिकारी बैंठक पछि केन्द्रीय समिति बैंठक नबस्दै बैंठकको मिति सर्ने संभावता उत्तिकै रहेको बताउँछन् केन्द्रीय सदस्यहरु । कारण, २ महिनादेखी जुन विषयमा कांग्रेस विवादीत थियो, त्यसको सम्बोधन भएको छैन ।
नियमित महाधिवेशन अगाडि विशेष अधिवेशन निस्क्रिय बनाउनुपर्ने माग र नियमित हुन नसकेको अवस्थामा विशेष महाधिवेशन गर्ने अडानको द्धन्द कायम छ ।यही मामलामा आइतबार राजधानीमा दुई खाले काउण्टर अभ्यास भए ।
एउटा कांग्रेस अधीकांश केन्द्रीय सदस्य दाबी अनुसार ८६ जनाले चुनाव अगाडि महाधिवेशन हुन नसक्ने निचोड निकाल्दै केन्द्रीय समितिमा बह्ुमतिय बल प्रयोग गर्ने सन्देश दिएका छन् । उता, कांग्रेसका २७ जना जिल्ला सभापतिहरुले वक्तव्य प्रकाशीत गर्दे, नियमित होइन विशेष अधिवेशन गर्नुपर्ने माग अगाडि सारेका छन् । विशेष अधिवेशनको अभियानकर्ता महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पुष २८ अगाडिको नियमित महाधिवेशनलेमात्र विशेष निक्रिय हुने अन्यथा त्यो जिवित रहने राजनीतिक अस्त्र चलाइरहेकै छन् ।
