सङ्लोन्यूज २६ अशोज ।
कांग्रेसका जेनजि पुस्ताका युवाहरुले नवयुवाको आकाक्षालाई सम्बोधन गर्दे पार्टीमा आफूहरुको प्रतिनिधित्व हनुपर्ने माग गरेका छन् । विभिन्न जिल्लाका २२ देखि २८ वर्षका १९ जना युवाहरुले पार्टीको केन्द्रीय समिति बैंठकको संघारमा एक अपिल प्रकाशीत गर्दे युवा पुस्ताको आवाजलाई पार्टीमा उच्च महत्व दिन आग्रह गरेको हो ।

अपिलमा भनिएको छ ‘ लोकतान्त्रिक प्रणालीले नागरिकको जीवनमा तब बदलाव ल्याउन सक्छ जब यसलाई शासनको मात्रै होइन आत्मानुशासनको पद्धतिका रूपमा आत्मसाथ गरिन्छ। ञहामीझ भनिरहँदा, यो मान्यतामा विश्वास राख्नेहरु हौं ञहामीझ ित्यो विश्वासलाई पुरानै शैली र पुरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन िअतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ िहामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समुहहरुको शैलीमा परिवर्तन जरुरी छ िहरेकको चरीत्रमा र समयको चित्रमा जबर्जस्त परिवर्तन जरुरी छ ियो भावना प्रष्ट र दृढ ढंगले राख्ने न्भलश् उमेर समुहका हजारौं युवाको प्रतिनिधित्व गर्दै( ७ वटै प्रदेशका, भिन्नभिन्न समुदायका हामी १९ युवा आजको मितिमा सबैभन्दा पुरानो दल नेपाली काँग्रेसलाई ञमुलुकमा भएको परिवर्तनलाई गम्भीर रुपले आत्मसाथ गर्दै, आफुभित्र परिवर्तनको सहज र तीब्र मार्ग रोज्न अपील गर्दछौं ।’

अपिलको पूर्ण पाठ

नेपाली कांग्रेसलाई GenZ उमेर समुहका युवाहरूको अपील;बिधानमा संशोधन गरेर हामी आउने ढोका फराकिलो बनाइयोस्!

GenZ देशमा सुशासन स्थापनाका लागि अग्रसर निश्चित उमेर समुहको साझा आवाज र साझा अभियान हो l GenZ हरेक घरमा छन् र हरेक दलभित्र छन् l भदौ अन्तिम साताको प्रदर्शनमा सहादत दिएका प्रत्येक युवाप्रती साँचो श्रद्धाञ्जली तब हुनेछ, जब हामी देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न सफल हुनेछौं l यो उद्देश्य प्राप्तिका लागि सर्वत्र छरिएका यो उमेर समुहका युवाहरूबिच `भिन्नभिन्न ठाउँमा रहेर पनि एक र अभिन्न रहन मिल्ने साझा मुद्दामा एक्यवद्धता जरुरी छ´ l हामी यसप्रति प्रतिवद्ध छा l संगै, आफू आवद्ध रहेको दल, संस्था या समुहमा बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक छ l त्यसकारण, हामी विनम्रतापूर्वक अपील गर्दछौं- `सबै बदलिऔं, सबै मिलेर देश बदलौं´ !

 

लोकतान्त्रिक प्रणालीले नागरिकको जीवनमा तब बदलाव ल्याउन सक्छ जब यसलाई शासनको मात्रै होइन आत्मानुशासनको पद्धतिका रूपमा आत्मसाथ गरिन्छ। `हामी´ भनिरहँदा, यो मान्यतामा विश्वास राख्नेहरु हौं `हामी´ l त्यो विश्वासलाई पुरानै शैली र पुरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन l अतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ l हामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समुहहरुको शैलीमा परिवर्तन जरुरी छ l हरेकको चरीत्रमा र समयको चित्रमा जबर्जस्त परिवर्तन जरुरी छ l यो भावना प्रष्ट र दृढ ढंगले राख्ने GenZ उमेर समुहका हजारौं युवाको प्रतिनिधित्व गर्दै- ७ वटै प्रदेशका, भिन्नभिन्न समुदायका हामी १९ युवा आजको मितिमा सबैभन्दा पुरानो दल नेपाली काँग्रेसलाई `मुलुकमा भएको परिवर्तनलाई गम्भीर रुपले आत्मसाथ गर्दै, आफुभित्र परिवर्तनको सहज र तीब्र मार्ग रोज्न´ अपील गर्दछौं l

हाम्रा ऐक्यवद्ध सुझाव र मागहरूः

१) मुलुकमा सुशासनको स्थापना GenZ प्रदर्शनको मुलतः मुख्य माग थियो l नेपाली काँग्रेसले आफैं भित्र पनि `आन्तरिक सुशासन आयोग´ गठन गरोस् l जसले तिनै तहको सरकारमा गएका प्रतिनिधिको विगतका प्रवृत्ति समिक्षासँगै भविष्यमा जाने प्रतिनिधिको भुमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर, प्रोत्साहन, चेतावनी र कार्वाही सिफारिस गर्न सकोस् l

२) नेपाली काँग्रेसले भदौ २३ गते नयाँ बानेश्वरको प्रदर्शनमा अत्याधिक बल प्रयोगको घटनाको गहिरो छानबिन र दोषिलाई कडा कार्वाही गर्ने भनि गरिसकेको निर्णयमा प्रष्ट ढंगले पार्टी उभियोस् l

३) भदौ २४ गते GenZ को प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा सामेल जो कोहि हुन् , दोषीलाई कार्वाहीको दायरामा ल्याइनु पर्छ l यसो गर्नु भनेको, ‘निर्दोषलाई आरोपबाट मुक्तिको अवसर हो’ भनेर बुझाउन जरुरी छ। त्यो बुझाऔं l

४) भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली काँग्रेसको प्रष्ट प्रतिबद्धता र सहयोग रहनुपर्दछ l

५) नियमित या बिशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनैतिक दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोड म्याप नेपाली काँग्रेसले सार्वजनिक गर्नुपर्छ l

६) काँग्रेस पार्टीको यौवन फर्काउन – आसन्न केन्द्रीय समितिको बैठकले बिधानमा संशोधनको ढोका खोलेर पार्टीको सबै तहमा प्रतिष्पर्धा मार्फत हाम्रो GenZ उमेर समुहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गरिनुपर्छ l

७) फाल्गुण २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउने र निर्वाचन मार्फत लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा नेपाली काँग्रेस अग्रसर हुनुपर्दछ l

८) GenZ आन्दोलनको ताजा हुटहुटीलाई संस्थागत गर्दै फागुन २१ को निर्वाचनलाई मतदान संख्याका हिसाबले ऐतिहासिक निर्वाचन सुनिश्चित गर्न कांग्रेसले नवयुवा तथा आम नागरिकहरुलाई मतदाता दर्ता गराउनका निमित्त ‘Vote Ready Nepal’ अभियान संचालन गर्ने निर्णय गरोस्।

९) कांग्रेसमा नवयुवा जोड्ने नर्सरीका रूपमा रहेका नेपाल विद्यार्थी संघ लगायतका भातृ संस्थाहरूलाई पुनःपरिकल्पना र पुनःसंरचना गर्न अपरिहार्य छ। यस विषयमा यथेष्ट छलफल गरी आवश्यक अध्ययनका लागि कार्यदल गठन गर्न विनम्र अनुरोध गर्दछाैं।

हामी #GenZfor7D को मान्यतामा भिन्न पहिचान, विश्वास र अभियानमा अग्रसर भएका छौं  l Dignity, Dedication, Democracy, Discipline, Digital Transformation, Delivery and Development सम्बन्धि हामी हाम्रा अभिमत क्रमशः सार्वजनिक गर्दै जानेछौं l आजको मितिमा सबै दल, सबै संस्था, सबै पुस्ता र सिंगो नेपालका लागि यो ९ सुत्रीय साझा मार्ग र साझा गन्तव्य बन्नसक्दछ भन्नेमा हामी विश्वस्त छौं l

सप्रेम,

अपिल जारी गर्नेहरुको नाम, जिल्ला र उमेर

विकल राई, खोटाङ, २५

साजन योञ्जन, सिन्धुपाल्चोक, २६

विनोद राज जोशी, दार्चुला, २५

करुणा कटुवाल, धनकुटा, २५

श्रीकृष्ण भट्टराई, रुपन्देहि, २८

दिनेश चौधरी, बर्दिया, २८

मनोज पुरि, काठमाडौं, २६

मञ्जु विश्वकर्मा, कपिल्वस्तु, २७

करिना पुरि, सिन्धुपाल्चोक, २३

सिर्जना स्नेहि, बझाङ, २६

गौरव पाण्डे, बारा, २२

मुना नेपाली, पाँचथर, २६

विजय पुन मगर, जाजरकोट, २६

किरण तिवारी, रुपन्देहि, २७

नीलम कार्की, झापा, २५

सन्तोष भण्डारी, गुल्मि, २४

आशा नामजाली मगर, कैलाली, २४

दिपेन धिमाल, झापा, २७

सुशिल गोदार, कास्की, २६

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *