काठमाडौं, २५ साउन।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले आयोगले सम्पुर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा मुस्लिम समुदायको सशक्तिकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए नभएको विषय अध्ययन गरि नेपाल सरकारलाई सुझाव दिने काम गरेको बताए । राष्ट्रपतिले संविधानले सुनिश्चित गरेका समान अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पु¥याएको उल्लेख गरे ।