श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । 

काठमाडौं, २५ साउन ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर गरेका छन् । एक वर्षसम्म कुनै पनि विदेशी कूटनीतिज्ञसँग प्रत्यक्ष भेटवार्ता नगर्ने नीतिमा रहेका प्रधानमन्त्रीले सोमबार नेपालमा दुबै छिमेकी मुलुकका राजदूतहरुसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयले जनाए अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल, भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको कार्यालयले जनाएको ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाउँदै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको उल्लेख छ।

तस्बिर : PMO office, Nepal