मध्यपुर थिमिमा बिस्काः जात्रा, संस्कृतिलाई निरन्तरता
मध्यपुर थिमि, २ बैशाख । हरेक वर्ष मनाइने बिस्काः जात्राको अवसरमा ठूलो संख्यामा मध्यपुर थिमि बासि सहभागि भएका छन् । आफ्नो सास्कृतिक परम्परामा सम्पन्न मध्यपुरका स्थानीय उत्साहकासाथ जात्रामा सहभागि विस्का जात्राको अवसमा ठूलो संख्यामा मध्यपुर थिमि बासि सहभागि भएका छन् । आफ्नो सास्कृतिक परम्परामा सम्पन्न मध्यपुरका स्थानीय उत्साहका साथ जात्रामा सहभागि भएर आफ्नो सस्कार र सस्कृतिलाई निरन्तरता दिएका छन् ।

जात्रामा प्रमुख देवता बालकुमारीको खटसँगै प्यप्वा मुस्यां (चार वटा दीप भएको चिलाख) लिएर आउँदै गुठीयार।

बालकुमारीको प्रमुख गहनाको रूपमा राजदण्डा लिएर सहभागी हुँदै ।

जात्रामा सहभागी जात्राका मालिक नयो पाँ (नाइके प्रधानहरू) ।
कभर तस्बिर : बिस्काः जात्रा अन्तर्गत चैत २ गते बुधबार बिहानको जात्रामा लायकू दरबार प्रङ्गणमा श्री बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, प्रथम गणेशलगायतको खट जात्रा गरिँदै । मध्यपुर थिमि चपाचो, दिगुटोल ईनायलाछी, दथुटोललगायतबाट खट बालकुमारी मन्दिरमा जात्राका लागि ल्याउने गरिन्छ ।
तस्बिरहरु : रत्न श्रेष्ठ/रासस
