शासकीय सुधारका सय कार्यसूची सार्वजनिक
काठमाडौं, १४ चैत ।
बालेन्द्र शाह नेतृत्वको सरकारले १०० वटा कामको कार्यसूचि सार्वजनिक गरेको छ । शुक्रबार सरकार गठन लगत्तै बसेको मन्त्रीपरिषदले गरेका निर्णयहरु आज सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका सूचिमा भदौं २४ को घटनाको छानविन गर्न एक साता भित्र उच्च स्तरिय कार्यदल गठन गर्ने, १५ दिन भित्र सम्पत्ति छानविन आयोग गठन गर्ने भनिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू भनिएको छ ।
कार्यसूचिको दोश्रो नम्बरमा नतिजामा आधारित शासकीय प्रबन्ध (Delivery-Based Governance) लागु र्ने भनिएको छ । ‘यसको लागि प्रत्येक मरिालयले ७ दिनभित्र प्रमुख १० कार्य, तिनको समयसीमा, जिम्मेवार अघिकारी र प्रमुख कार्यसम्पादन सूचक सहितको कार्ययोजना तयार गरी कार्ययोजनामा लैजाने । ति कार्यहरुको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गर्ने व्यवस्था मिलाई उक्त कार्यालयमार्फत नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक रिपोर्टिङ सुनिश्चित गर्ने ।’
त्यस्तै तेश्रो नम्बरमा निर्वाचनमा सहभागि सबै राजनीतिक दलहरुको घोषणापत्र, वाचापत्र, प्रतिज्ञापत्रहरुमा भएका कार्यान्वयन योग्य योजनाहरुको संश्लेषण गरि राष्ट्रिय प्रतिवद्धता तयार गर्ने र त्यसमा नेपाल सरकारको साझा स्वामित्व गर्ने भनिएको छ ।
१०० कामको सूची, पूर्णपाठ
