काठमाडौं, १४ चैत ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले ‘पछिल्लो घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा’ शिर्षकमा शनिबार साँझ प्रकाशीत गरेको व्यक्तव्यको समानान्तरमा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अर्को विज्ञप्ति प्रकाशीत गरेका छन् ।
पूर्व कार्यवाहक सभापति पूर्ण खड्काले आफूलाई कार्यवाहक सभापतिको हैसियतमा राख्दै प्रकाशीत वक्तव्यमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको भर्त्सना गर्दे संवैधानिक र राजनीतिक प्रतिरोधमा उत्रने घोषणा गरेका छन् ।


खड्काले दुरासयपूर्ण ढंगले राजनीतिक प्रतिशोध साधेको आरोप लगाएका छन् । वक्तव्यमा भनिएको छ ‘’सरकार गठन भएलगत्तै दुरासयपूर्ण ढंगले भएको राजनीतिक प्रतिशोधबाट सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हटेको देखिन्छ ।’
खड्काले गैरकानुनी हिरासतमा राख्ने कदम कानुन विपरीत रहेको बताउँदै ओली र लेखकको रिहाइको माग समेत गरेका छन्।
वक्तव्यमापूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनले अनुसन्धान तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई पठाउने भनेकोमा प्रक्रिया पालना नगरी पक्राउ गरेको भन्दै आपत्ति जनाइएको छ । वक्तव्यमा भनिएको छ ‘पक्राउको कदम कानुनी राज्यको बर्खिलापमा छ ।’
व्यक्तव्यमा पार्टीका कार्यकर्तालाई आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न देशभरिका पार्टीका साथीहरु तयार रहन हार्दिक अपिल गर्दछ ।’