काठमाडौं, १४ चैत ।
एमालेका पार्टी अध्यक्ष केपि ओली र पूर्व गृहमन्त्री रमेश लेखकको स्वास्थ परीक्षण गरेपछि प्रहरीले उनीहरुलाई आफ्नो नियन्त्रणमा राखेर आइतबारमात्र अदालत समक्ष हाजिर गराउने छ ।
ओलीलाई प्रहरीको दुई नम्बर गणमा राख्ने प्रहरीले बताएको छ । त्यस्तै, त्यस्तै पूर्व गृहमन्त्री रमेश लेखकको पनि स्वास्थ परीक्षण गरेको छ । दुबै जना प्रहरी नियन्त्रणमा छन् । कानूनमा कुनै व्यक्तिलाई तत्काल प्रक्राउ नगर्दा, व्यक्ति भागेर जाने, प्रमाणहरु नष्ट गर्ने लगायतका आधारमा मात्र जरुरी प्रकाउ पूर्जी दिने दिएर गिरफ्तार गरिन्छ ।
आयोगको रिर्पाटमा प्रधानमन्त्री ओलीले भदौं २३, २४ गतेको आन्दोलनमा जिम्मेवार भएर भूमिका नखेलेको लगायतका आरोप लगाउँदै फौजदारी अभियोग अनुसार कारवाही गर्न सुझाव दिएको थियो । आयोगले पूर्ववती प्रधानमन्त्री सुशिला कार्कीलाई फागुन २४ मा ९ सय पृष्ठभन्दा लामो प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री कार्कीले त्यसबेला प्रतिवेदन सार्वजनिक गर्दे दोषिलाई कारवाही गर्ने घोषणा गरेपनि सरकारबाट औपचारिक सार्वजनिक भएन । मिडियामा लिक गराएर सार्वजनिक गराएको देखिन्छ ।
सो प्रतिवेदनमा ओलीलाई मुलुकको प्रधानमन्त्रीको हैसियतमा भदौ २३ र २४ को जेनजि आन्दोलन र विध्वंशको दुबैको प्रमुख दोषि ठहर गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ …बिग्रिदै गएको परिस्थितीलाई मध्य नजर गरी प्रधानमन्त्री जस्तो जिम्मेवारीमा बसेको व्यक्तिबाट त्यसलाई समाधान गर्न अथवा जोखिम न्यूनीकरण (Harm Minimize) गर्न सुरक्षा निकाय बिच समन्वय गरी प्रभावकारी सुरक्षाकर्मीको परिचालन गर्नुपर्ने, तत्काल फायर रोक्न सिज फायर (Cease Fire) पहल गर्नुपर्ने, सैनिक मुख्यालय संग समन्वय गरी नेपाली सेनासंग सहयोग लिई प्रदर्शनात्मक असर (Demonstrative effect) को लागि नेपाली सेना परिचालन गर्न सकिएको भए हताहतको संख्या कम हुन सक्थ्यो । सुरक्षा स्थिति बारे जानकारी हुँदा पनि प्रधानमन्त्रीबाट समयमानै आवश्यक पहल भएको देखिदैन ।

ओलीको गिरफ्तारी पछि एमालका जिम्मेवार नेताहरुले सरकारले प्रतिशोध लिएको आरोप लगाउँदै आन्दोलनमा उत्रने बताएका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजालमा भनेका छन् ‘ पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर ।


एमाले सचिव महेश बस्नेतले आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् । महेशले भनेका छन् ‘ राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।
बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।
प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। अहिले विहान ८स्३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।


एमाले नेता गोकुल बास्कोटाले एकघण्टा अघि राखेको पोस्टमा भनेका छन् ‘बालेन युगमा जान्छ भन्थे( ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।पार्ट थ्री कति समयमा पुग्ने होरुपाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।’

कभर तस्बिर साभार : नेपालप्रेस