नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते हुने
काठमाडौं ६ चैत।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि आह्वान गरेको हो ।
सचिवालयका अनुसार २.०० बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदहरुको शपथ हुँदैछ । नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम आह्वान गरिएको सूचनामा शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रहित उपस्थित हुन अनुरोध गरिएको छ ।नेपाली भाषा बाहेक अन्य भाषमा सपथ लिन चाहने सांसदरुले सचिवालयले तोकेको व्यहोरमा र भाषालाई आफूले चाहेको भाषमा अनुवाद गरी सचिवालयलाई तिन दिन अगावै उपलब्ध गराउन भनिएको छ ।

