चैत ६ मा कांग्रेस केन्द्रीय समिति बैंठक बस्दैं : निर्वाचनको समीक्षा र नियमित महाधिवेशनबारे छलफल हुने संभावना
काठमाडौं, ४ चैत
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैंठक चैत ६ गते शुक्रबार बस्ने भएको छ । पार्टीमा कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति प्रकाशीत गर्दे केन्द्रीय समिति बैंठक बस्ने जनाएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा अपत्याशीत परिणाम व्यहोरेको कांग्रेसले निर्वाचन समीक्षा लगायतका विषयमा छलफल हुने संभावना छ । काग्रेस वृतमा अहिले विशेष अधिवेशनबाट निर्वाचित भएर आएका सभापति गगनकुमार थापा जो आफै पनि पराजित बने, उनले नैतिक जिम्मेवारी लिदै राजीनामा गनुृपर्ने माग छ, विशेष गरेर सामाजिक संजालहरुमा । अर्कोतर्फ गगनले राजीनामा दिने होइन, पार्टीलाई नियमित महाधिवेशनको मार्गमा लग्नुपर्ने आवाज पनि उत्तिकै धनिभूत छ ।
निर्वाचन परिणामको समीक्षा गर्दे नियमित अधिवेशनमा जानुपर्ने आवाजहरु पनि छन् । विशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले निर्वाचित भएको एक वर्ष भित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था कांग्रेस विधानमा छ ।
विशेष अधिवेशनबाट आएको थापा नेतृत्वको कांग्रेसलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही जिम्मेवारहरुले स्वीकारी रहेका छैनन् । देउवा र पूर्व उपसभापति पूर्णबहादुर खडकाले कांग्रेसको वैधानिकतामा प्रश्न उठाउँदै चालेको कानूनी कारवाहीको टुंगो लागि सकेको छैन ।
बैठकमा केन्द्रीय पदाधीकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरुलाई सहभागि हुन आमन्त्रण गरिएको छ ।
