रास्वपाले  आयोजना गरेको दुई दिने अभिमुखीकरणमा पार्टीले चुनावमा प्रधानमन्त्रीकोरुपमा पेश गरेका सांसद बालेन्द्र शाह (बालेन)को  सहभागिता देखिएन ।

काठमाडौं, ४ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु जिम्मेवार भएर मुलुकको जिम्मेवारी सम्हाल्ने बताएका छन् । पार्टीले आयोजना गरेको दुई दिने अभिमुखीकरणको समापनमा सम्बोधन गर्दे लामिछाने रास्वपा प्रति अधीनायकवाद तर्फ जाने हो कि, संविधान नमान्ने हो कि भन्नेजस्ता शंका नगर्न आग्रह गरे ।
समापनमा सम्बोधनमा उनले जिम्मेवर र चनाखो भएर अगाडि बढने बताए । उनले रास्वपाले वर्तमान संविधान र व्यवस्था प्रति आफूहरु प्रतिवद्ध भएको बताउँदै भने ‘वर्तमान संविधान र व्यवस्था प्रति हाम्रो प्रतिवद्धता छ, त्यो डगमगाएको छैन ।’
पुराना राजनीतिक पार्टी र नेताहरु प्रति संकेत गर्दे लामिछानेले भने ‘ उहाँहरुले गरेको त्याग, बलिदानको म सम्मान गर्दछु । इतिहास तपाईहरुले लेख्नुभयो, वर्तमान हामी लेख्छौं।’
सांसदहरुलाई सम्बोधन गर्दे लामिछानेले भने ‘तपाईहरुको काँधमा अत्यन्त ठुलो जिम्मेवारी आएको छ । संसारले विरलै पाउने यस्तो अवसर हामीले पाएका छौं । देशको भविष्य कस्तो लेख्ने तपाईहरुको हातमा छ ।’
रास्वपाले महत्वका साथ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा पार्टीले चुनावमा प्रधानमन्त्रीकोरुपमा पेश गरेका सांसद बालेन्द्र शाह (बालेन)को भने सहभागिता देखिएन । राजनीतिक वृतमा प्रधानमन्त्रीका उम्मेदवार किन सहभागि भएनन्, कार्यक्रममा ?