सांसदहरुलाई  ६ बुँदे निर्देशन 

काठमाडौं २ र्चैत ।

संसदको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरुलाई २ दिने बन्द अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

चैत ३,४ गते ललितपुरको ग्वार्को स्थित होटल टुलिपमा हुने कार्यक्रमलाई पार्टीले अभिमुखीकरण कार्यक्रम भनेको छ । रास्वपाका प्रत्यक्ष १ सय २५ र समानुपातिक ५७ गरी १ सय ८२ सांसद छन् ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ‘चैत ३, ४ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण नवनिर्वाचित सांसदहरुलाई अनिवार्यरुपमा उपस्थित हुन जानकारी गराइन्छ ।’

‘जानकारी गराइन्छ’ ब्यहोराको सूचनामा सांसदहरुका लागि ६ बुँदे निर्देशनहरु छन् । विज्ञप्तिमा ‘महत्वपूर्ण निर्देशनहरु’ भन्दै ६ वटा बुँदामा समेटिएको छ ।

महत्वपूर्ण निर्देशन

१.कार्यक्रम आवासीय हुनेछ । पार्टीले सबै सांसदहरुको खाना र आवास(sharing basis) सुनिश्चित गरेको छ ।

२.कार्यक्रमहलमा मोबाइल प्रयोग निषेध हुनेछ ।

३.कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ, परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।

४.वाहन पार्किङ्ग : होटलमा तपाईलाई छाडेपछि वाहन होटल परिसर वा वाहिर पार्क गर्न सकिने छ । चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईको जिम्मेवारी हुनेछ । सो व्यवस्था अन्य होटल वा स्थानमा गर्न अनुरोध छ ।

५. सांसदहरुले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोखो खिच्ने वा बैंठक नगर्न निर्देशन छ ।

६.पोशाक :  व्यवसायीक क्याजुअल (Business Casual)

अभिमुखीकरणमा के के हुने, सांसदहरु बाहेक अन्य को को उपस्थित हुने,के कस्ता  एजेण्डामा छलफल गर्ने ? त्यो खुलाइएको छैन ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुबै निर्वाचन परिणामहरु घोषणा गरिसकेको अवस्थामा रास्वपाले पार्टीको संसदीय दलको नेता पनि औपचारिकरुपमा टुंगो लगाउनुपर्ने हुन्छ । निर्वाचन अगाडिनै बालेन्द्र शाहलाई प्रधानमन्त्रीकोरुपमा अघि सारेको रास्वपाले मुलुकको संविधान र कानुन अनुसार संसदीय दलको नेता चयन गर्नुपर्ने कार्यभार रास्वपाको हो ।

कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने पार्टी प्रवक्ता मनिष झाले बेग्लै ह्वाटसअप सूचनामा बताएका छन् । कार्यक्रमको शुभारम्म र समापन पत्रकार, फोटो पत्रकारलाई प्रवेश दिने रास्वपाले जनाएको छ ।