समानुपातिकको करिव ९० हजार मत गन्न बाँकी, भोली बिहानसम्ममा सकिने

काठमाडौं, २६ फागुन
प्रत्यक्ष निर्वाचनका १ सय ६५ वटै निर्वाचन क्षेत्रको परिणाम आइसक्दा पनि निर्वाचन आयोगको वेभ साइटमा भने १६४ को मात्र विवरण छ । त्यहीँ आधार पार्टीहरुले पाप्त सिट संख्या पनि उल्लेख छ ।
जसमा रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ७, ःश्रम सस्कृति ३, राप्रपा १ र स्वतन्त्र १ गरी १६४ को परिणाम देखिन्छ ।
त्यो परिणाममा नेकपाको ८ हुुनुपर्नेमा ७ मात्र छ । त्यसो हुनुपछाडि, धनुषा १ को परिणामा प्राविधिक कारणले नराखेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
धनुषा १ बाट निर्वाचित नेकपाका मातृका प्रसाद यादव विजयी भएको सोमबारनै सार्वजनिक भएको छ । उनले विजयी भएको प्रमाणपत्र पनि लिइसकेका छन् ।
यता, समानुपातिको मतगणना अन्तिम चरणमा पुगेको छ । फागुन २१ मा मुलुकभर १ करोड ६ लाख ७७ हजार ७ सय ११ मत खसेको थियो । जसमध्ये मंगलबार साँझसम्ममा १ करोड ५ लाख ८३ हजार बढी मत गणना भएको छ ।भट्टराईका अनुसार बुधबार बिहानसम्ममा समानुपातिकको सबै परिणाम आइसक्ने छ ।