काठमाडौं, २४ फागुन ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ निर्वाचन क्षेत्रबाट पराजित बनेका छन् । थापालाई राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का अमरेशकुमार सिंहले १२ हजार बढी मतले पराजित बनाएका हुन् । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याएर बिजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र प्राप्त गरेका छन् । तेश्रो स्थानमा एमालेका अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् ।


खास गरेर तीन उमेदवारबीच मत बाडिएको छ । पुषमा कांग्रेसले आयोजना गरेको विशेष अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापा यस अघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थिए । आफू सर्लाही ४ बाट उमेरवार बनेका थापाले काठमााडैं ४ बाट युवा नेता सचिन तिमल्सिनालाई मैदानमा उतारेका थिए । सचिन पराजित भैसकेका छन् ।
नेपाली कांग्रेसको पृष्ठभूमिबाट राजनीतिमा आएका अमरेश २ पटक सर्लाहीबाट कांग्रेस उमेदवारको रुपमा विजयी भएका छन् भने अघिल्लो निर्वाचनमा स्वतन्त्र हैसियतमा उमेदवार बनेका निर्वाचित भएका थिए । यसपटक भने उनी रास्वपाबाट उमेदवार बनेर निर्वाचित भएका हुन् ।

 

तस्बिर साभार : गोरखापत्र, अनलाइन खबरबाट