खुला राजनीतिमा प्रवेश गरेसँगै  अविजित छन् पुष्पकमल
काठमाडौं, २२ फागुन ।

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)का सयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट निर्वाचित भएका छन् । दाहालले १० हजार २ सय ४ण् मत पाएका विजयी भएका हुन् । माओवादी ‘जनयुद्ध’ विर्सजन गरी खुला राजनीतिमा प्रवेश गरेसँगै  अविजित छन् पुष्पकमल। उनको यो पाचौं विजय हो ।
उनका निकटतम प्रतिस्पर्धि  एमालेका लिलामणि गौतमले ३ हजार ८ सय ८१ मत पाएका छन् भने नेपाली कांग्रेसका कुसमुदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् । त्यस्तै प्रलोपाका सन्दीप पुनले २ सय ३ तथा विप्लव नेतृतवको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का उमेदवार जुद्धबहादुर बुढाथोकीले १ सय ९१ मत पाएका छन् । पुष्पकमलले पाएको मत अन्य सबै उमेदवारले पाएको भन्दा धेरै छ ।

अहिलेसम्म निर्वाचन घोषणा भएका मध्ये पार्टी प्रमुखको भूमिकाकाका पुष्पकमल पहिलो हुन् । एमाले अध्यक्ष केपि शर्मा ओलीको पराजय घोषणा हुन बाँकी रहेको अवस्था छ भने कांग्रेस सभापति गगनकुमार थापाको सर्लाही क्षेत्र नं ४ को मतगणनाको प्रारम्भिक अवस्था छ । पुषकमलकी पुत्री रेणु दाहाल भने चितवन ३ मा रास्वपाकी सोविता गौतमसँगको  प्रतिस्पर्धामा करिव ७ हजारले पछाडि छन् ।

तस्बिर साभार:बिबिसि