संसदको मुख्य काम र केन्द्र ‘प्रधानमन्त्री’ होइन, बरु आवश्यक नीति र ऐनहरुको निर्माण गर्ने हो

काठमाडौ ३ फागुन ।
नेपाल मजदुर किसान पार्टी( नेमकिपा)ले आईतबार एक कार्यक्रमकाबीच चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणा पत्र जारी गर्दे नेमकिपमा उमेदवारहरुलाई निर्वाचित गराउन आव्हान गरेका छन् । नेमकिपाले निर्वाचनलाई राजनीतिक दलहरुको घोषणापत्रहरुको सैंद्धान्तिक सघर्ष भनेको छ ।पार्टीले निर्वाचनलाई वर्ग सघर्ष र राजनीतिक सघर्षको संज्ञा दिदै भनेको छ — निर्वाचन एक वर्ग सघर्ष र राजनीतिक सघर्ष हो । यो जनताको चेतनाको स्तर ‘ब्यारोमीटर’ हो । निर्वाचनबाट समाजवाद आउँदैन ।’
संसदको मुख्य काम र केन्द्र ‘प्रधानमन्त्री’ होइन, बरु आवश्यक नीति र ऐनहरुको निर्माण गर्ने हो । संसदलाई जनताको पीरमर्का हेर्ने, देशको रक्षा गर्ने,
देशभक्तहरुको जीवन्त सदन बनाउन नेमकिपाले भूमिका खेल्ने छ ।’
घोषणापत्रमा भनिएको छ ‘ंसंसद् देशको नीति—निर्माण, बजेट, ऐन, द्वीपक्षीय अथवा बहुपक्षीय
सन्धि–सम्झौतामाथि छलफल र निर्णय गर्ने बौद्धिक थलो हो । नेमकिपाले
२०४८ सालयता संसद्मा देश र जनताको हितमा प्रखर प्रतिपक्षीको भूमिका
निर्वाह गर्दै आयो । नेमकिपाले १२० प्रत्यक्ष र १०९ समानुपातिक उम्मेदवार मैदानमा उतारेको छ ।

नेमकिपाको घोषणापत्र विस्तृतमा

Nwpp Ghosanapatra 2082