ललितपुर महानगरपालिकाः वडामा नं २९ मा २९ महिला प्रशिक्षित
काठमाडौं,६ माघ ।
ललितपुर महानगरपालिका वडां न २९ ले वडाका २९ जना महिलालाई उद्घोषण तथा व्यक्तिगत क्षमता अभिवृद्धि प्रशिक्षण दिएको छ । वडाका विभिन्न महिला समुहहरुलाई १० दिने प्रशिक्षण दिइएको हो । तालिममा सहभागि महिलाहरुलाई समापन समारोहका प्रमुख अतिथि महिला सदस्य मनमाया महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिन । महर्जनले कार्यक्रममा सम्बोधन गर्दे भनिन् “सबैको क्षमता अभिबृद्धि भएको प्रत्यक्ष देख्न पाउँदा आफूलाई निकै हर्ष लागेको छ ।”
महर्जनले प्रशिक्षक सुरजवीर बज्राचार्यलाई दोसल्ला ओढाई, मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिन । प्रशिक्षक बज्राचार्यले समूह र समुदायमा गएर कार्यक्रमको आयोजना, सञ्चालन एवं प्रभावकारी व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गर्दे भने “प्राप्त हुने कुनै पनि मौका छोडनु हुन्न ।”

पाठशाला प्रशिक्षण केन्द्रको संयोजनमा २९ जना प्रशिक्षार्थी सहभागी यस तालिमका प्रशिक्षार्थीहरु रजनी महर्जन, राज्यलक्ष्मी महर्जन, ममिता महर्जन, ज्ञानु दुलाल, शान्ति घिमिरे, विमला खड्गी, लिला महर्जन, मोनिका रुम्जाली गुरुङले पालैपालो सञ्चालन गरेको कार्यक्रमका सभापतित्व ग्रहण पनि प्रशिक्षाथीबाटै प्रमिला महर्जनले गरेकी हुन् । प्रशिक्षार्थी धनलक्ष्मी महर्जनले स्वागत मन्तब्य राखेको यस समापन समारोहमा प्रशिक्षार्थी मञ्जुश्री महर्जनले धन्यवाद ज्ञापन गरेकी थिइन । समापन समारोहमा तालिमको व्यवस्थापनमा सहयोग गर्ने केन्द्रका पुकार पुतुवार र युनिश महर्जनलाई पनि सम्मान गरियो ।
कार्यक्रममा यमुतरी महर्जन, अञ्जु महर्जन, राधिका महर्जन, सानुकुमारी महर्जन, रविना तुलाधरले राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने प्रशिक्षार्थी पाँचकन्या महर्जनले स्वागत गान प्रस्तुत गरेका थिए ।
अन्य प्रशिक्षार्थीहरु निला महर्जन, दुर्गालक्ष्मी महर्जन, अञ्जु महर्जन, यशोदा न्यौपाने, पाँचकन्या महर्जन, यमुतरी महर्जन, राधिका महर्जन, अरुणा महर्जन, सानुकुमारी महर्जन, रविना तुलाधर, राज्यलक्ष्मी महर्जन, प्रमिला महर्जन, ज्ञानी महर्जन, सल्मा नापित, शर्मिला तिमल्सिना, शान्ति महर्जन, सम्झना राईले आ–आफ्नो प्रशिक्षणका अनुभव एवं उपलब्धि बारे सुनाएका थिए ।
समारोहमा उत्कृष्ट ६ जना राधिका महर्जन, ज्ञानी महर्जन, सल्मा नापित, ज्ञानु दुलाल, धनलक्ष्मी महर्जन र रजनी महर्जनलाई पुरस्कृत गरियो।
प्रशिक्षार्थीहरुले प्रशिक्षणबाट आफूहरु निकै उत्साहित भएको उल्लेख गर्दै प्रशिक्षक, समयन्वयकर्ता संस्था तथा वडा परिवार पनि कृतज्ञता ज्ञापन गरेका थिए ।
